सामसङ QLED टिभिको प्रि–बुकिङ्ग खुल्ला

QLED TV

असोज ३०, २०७७, काठमाडौं ।

नेपालको विश्वसनीय इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले इलेक्ट्रोनिक्सले आफ्नो वास्तविक कलर साथ अरबौं सेड्स युक्त सामसङका २०२० QLED टिभिको लागि प्रि–बुकिङ्ग खुल्ला गरिएको छ। यो प्रि-बुकिङ्ग यही आश्विन २९ गते देखि कात्र्तिक १५ गतेसम्म रहेको छ ।

सामसङका पारखीहरु माझ Samsung QLED model अत्यन्त प्रख्यात रहेको छ । सामसङको २०२० QLED model आकर्षक विशेषता युक्त प्रि बुकिङ्गमा प्रस्तुत गरिएको हो । ग्राहकवर्गहरुले आकर्षक अफर मूल्य तथा प्रि–बुकिङ गर्नु हुने ग्राहकहरुले निःशुल्क मोबाइल सेट उपहार पाउनुहुनेछ ।

न्यूनतम रु.१०,०००र( को विशेष प्रिअर्डर अफर अन्तर्गत कुनै पनि QLED TV बुक गर्न सकिन्छ । यस प्रि-अर्डरको सुविधा मार्फत् Samsung QLED TV 85 टिभि रु.५,८०,६८३र( मा खरिद गर्न सकिन्छ । त्यस्तै QLED TV 75 रु.४४२,४२५ मा खरिद गर्न सकिन्छ । यस योजनामा ग्राहकहरुले निःशुल्क उपहार पनि प्राप्त गर्र्नुहुने छ। निःशुल्क उपहार अन्तर्गत QLED TV 85 खरिद गर्नुहुने ग्राहकले Galaxy Note10 Lite तथा QLED TV 75 खरिद गर्नुहुने ग्राहकले Galaxy A71 निःशुल्क प्राप्त गर्नुहुनेछ ।

QLED TVs हरुमा लाइट अनुसार न्यानो पार्टिकल्सको साइज परिवर्तन गर्नको लागि सेमिकन्डक्टर मेटेरियलहरुको प्रयोग गरिएको छ । QLED TV हरुमा उच्च ब्राइटनेस इफिसियन्सी एवं उत्कृष्ट कलर प्राप्त गर्न सकिन्छ । सामसङ QLED टिभिमा क्वान्टम डट्सहरुको साथ १००५ कलर भोल्युम हुन्छन् जसले जति सुकै ब्राइटनेसको अवस्थामा पनि उच्चस्तरीय कलर प्रदान गर्दछ, १० वर्ष नो स्क्रीन बर्न इन वारेन्टी जसले बर्षौसम्म ब्राइटनेसमा एकरुपता एवं स्पष्ट इमेज क्वालिटी प्रदान गर्दछ र मल्टि भ्यूले तपाईको टिभिलाई दुई भागमा बाँड्रने स्वतन्त्रता प्रदान गर्दछ । तपाँई एक भागमा टिभि हेर्न र अर्को भागमा आफ्नो मोबाइललाई मिरर गर्न सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here