connectIPS मार्फत डिजिटल दक्षिणा

Digital-Dakshina

असोज ३०, २०७७, काठमाडौं ।

दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔँ दशैँ १५ दिनै connectIPS सँगै“ भन्ने योजना ल्याएको छ । यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गते सम्म अconnectIPS मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ जस अन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले रु १,००० को गिफ्ट भाउचार प्राप्त गर्न सक्नेछन् ।

connectIPS मा रजिष्टर गरेका बैंकका ग्राहकहरुले connectips.com को मोबाईल एप्समा रहेको “Transfer Digital Dakshina मा क्लिक गरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् । यसरी दक्षिणा पठाउने ग्राहकहरु मध्ये छानिएका १० दैनिक विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।

बैंकका ग्राहकहरुले connectIPS मा एक पटक रजिष्टर गरी आफ्ना खाताहरु लिन्क गरी बैंकबाट वा अन्लाईनबाटै self- verify गराई सेवा सुचारु गर्न सक्दछन् । ग्राहकहरुले घरमै बसी सहजतरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाता बाटै गर्न connectIPS को वेभसाइट connectips.com, यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल / ईन्टरनेट बैंकिङ्गमा रहेको connectIPS तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको payment gateway लगायतका माध्यमहरु प्रयोग गर्न सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here