सामसङका दुई नयाँ फोन ग्यालेक्सी A71 र A51 सार्वजनिक

Samsung to launch Galaxy A51, Galaxy A71 in India soon

२८ फागुन २०७६, काठमाडौं ।  

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो A सिरिज अन्तर्गत हालै ग्यालेक्सी A71 तथा ग्यालेक्सी A51 बजारमा प्रस्तुत गरेको छ । आफ्नो A सिरिज मा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । ग्यालेक्सी A71 तथा A51 मोबाइलहरुमा विभिन्न विशेषताहरुः विद्यमान रहेका छन् । यसमा आजको व्यस्त जीवनमा अत्यावश्यक ज्यादा टिकाऊ हुने व्याट्रि, मानव आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्न सकिने क्यामरा तथा जीवन्त दृश्यावलोकनको लागि Infinity-O डिस्प्ले रहेका छन् ।

“आफ्नो ग्यालेक्सी Aको पोर्टफोलियोमा ग्यालेक्सी A71 तथा ग्यालेक्सी A51 लाई समावेश गर्न पाउँदा हामी उत्साहित भएका छौं । विगतका वर्षहरु देखि नै ग्यालेक्सी A रिज मोबाइल आम प्रयोगकर्ताहरु माझ लोकप्रिय बन्दै आइरहेको छ । हालै प्रस्तुत गरिएका यी दुई ग्यालेक्सी A71 तथा A51 मा प्रयोग भएको प्रविधिलाई प्रयोगकर्ताहरुले मन पराउनु हुने छ,”सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताउनु भयो । “आम ग्राहकहरुको चाहना चिटिक्क परेको, लामो समय सम्म टिकाऊ हुने व्याट्री तथा हरेक क्षणलाई कैद गर्न सकिने क्यामरा भएको डिभाइस नै हो भन्ने हामीलाई थाहा छ, जुन सामसङको ग्यालेक्सी A डिभाइसमा रहेको छ,” वहाँले वताउनु भयो ।

उत्कृष्ट क्यामरा अनुभव

ग्यालेक्सी A71 तथा ग्यालेक्सी A51 मा जीवनका अविस्मरणीय क्षणहरुलाई सहजै कैद गर्नको लागि उत्कृष्ट क्यामरा राखिएको छ । मेन क्यामरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामराहरु विशेष सुविधाका साथ यसमा रहेका छन्, क्यामरामा भएका विशेषताहरुले गर्दा ग्यालेक्सी A71 तथा A51 मार्फत् उत्कृष्ट एवं जीवन्त फोटो खिच्न सकिन्छ ।

  • चारवटा क्यामरा, 
  • Infinity-O डिस्प्ले 
  • ज्यादा टिकाऊ हुने ब्याट्री जस्ता सुविधाले मोबाइल प्रयोग कर्तालाई दिने छ छुट्टै अनुभव

ग्यालेक्सी A71 मा ६४ मेगापिक्सल तथा ग्यालेक्सी A 51 मा 48 मेगापिक्सलको क्यामरा राखिएको छ । यसैले गर्दा यी मोबाइल फोनबाट दिनमा वा रातमा खिचिएका फोटोहरु सफा एवं उत्कृष्ट आउने छ । यसमा भएको अल्ट्रा वाइड क्यामरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने क्षमता प्रदान गर्दछ । यसमा भएको म्याक्रो क्यामराले कुनै पनि वस्तुको फोटो सम्पूर्ण विवरण सहित खिच्न सक्दछ । साथै डेप्थ क्यामराको लाइभ फोकस इफेक्टको मद्दतले फोटोहरु झन् राम्रो देखिन्छ ।

उच्च–गुणस्तरीय भिडियो रेकर्डिङ्ग

हरेक साहासिक क्षणहरुलाई सहजै भिडियोका रुपमा कैद गर्ने क्षमता यसमा रहेको छ । सुपर स्डेडि भिडियो मोडले खिच्दा, हात हल्लिएको अवस्थामा पनि भिडियो नहल्लिएको आउँछ । दौडिंदा, हाइकिङ्गमा वा घरपालुवा जनावरसँग खेल्दाको अवस्थमा सुपर स्टेडि भिडियोको सुविधाले गर्दा उत्कृष्ट भिडियो खिच्न सकिन्छ ।

अनइन्टरेप्टेड भिज्युअल डिस्प्ले

ग्यालेक्सी A 71 तथा ग्यालेक्सी A51 मा Super AMOLED Plus तथा Super AMOLED Plus edge-to-edge Infinity-O इडिस्प्ले रहेको छ । ६.७ इन्चतथा ६.५ इन्चको स्क्रिनले वास्तवमै जीवन्त अनुभूति प्रदान गर्दछ । हाल सम्मकै ठूलो स्क्रिनमा आफूलाई मनपरेको भिडियो हेर्नु वा गेम खेल्नुको छुट्टै मज्जा मिल्ने छ ।

ज्यादा टिकाऊ व्याट्री

ग्यालेक्सी A71 तथा ग्यालेक्सी A51 मा क्रमशः ४५०० mAh तथा ४००० mAh को ब्याट्रि राखिएको छ, जसले गर्दा विना रुकावट दिनभर फोनको प्रयोग गर्न सकिनेछ । साथै २५ वाट तथा १५वाटको फास्ट चार्जिङ्ग क्षमताले छिटो मोबाइल चार्ज गर्न सकिन्छ ।

सामसङका मूल्यहरू:

A51 र A71 Prism Crush Black, White, र Blue रंगको पेस्टल शेडहरूमा आउँदछ।दुबै ग्यालक्सी A71 तथा A51 मोबाइलहरु उपभोक्ताहरूका लागि २९ फागुन देखि तलका मूल्यहरूमा उपलब्ध छन् ।
ग्यालक्सी A71: रू ४९,९९९/-
ग्यालक्सी A51 : रू ३८,३९९/-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here