सामसङ ग्यालेक्सी ए २४ नेपाली बजारमा, मूल्य कति ?

Samsung Galaxy A24 Price In Nepal, Specification, Features

२८ वैशाख, काठमाडौं।  

सासमङले ए–सिरिजमा नयाँ फोनको संस्करण ग्यालेक्सी ए२४ एलटिइ नेपाली बजारमा सार्वजनिक गरेको छ । ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ ग्यालेक्सी ए २४ एलटिइ उपलब्ध भएको हो ।

मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि वा ८ जिबि र्‍यामका साथ काम गर्छ। साथै यसमा भएको माइक्रो एसडि कार्ड मार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई सपोर्ट गर्छ।

ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठभागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् ।

यसमा १३ एमपि सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भुत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ। साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरु सहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।

६ + १२८ जिबिको ग्यालेक्सी ए२४ को मुल्य २ ८,९९९ रुपैयाँ  कायम गरिएको छ भनें ८ + १२८ जिबिको मोबाइल ३ १,९९९ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here