रुपे इन्टरनेसनल कार्डहरु अब एससीटीमा आबद्ध बित्तिय संस्थाका एटीएममा प्रयोग गर्न सकिने

१६ फागुन २०७९, काठमाडौं । 

डिस्कबर फाइनन्सियल सर्भिस, डाइनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआईअन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्ड एससीटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएममा चलाउन मिल्ने भएको छ ।

यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया (NPCI) द्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी (SCT) नेटवर्क अन्तर्गतका एटीएमहरुमा प्रयोग गर्न सकिने भएको हो । यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएम (ATM)मार्फत कारोबार गर्नलाइ सहज र सरल हुने आशा गरिएको छ ।

यो सुविधा छिट्टै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेका एटीएममा पनि विस्तार गर्ने योजना राखिएको छ । हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपाली र नेपाल भ्रमण गर्ने भारतीय नागरिकलाई नेपालमा चलाउन समस्या थियो । अब रुपे कार्ड प्रयोगकर्तालाई निकै सहज हुनेछ ।

हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन निकै समस्या थियो । यो सुविधा संगै रुपे कार्ड प्रयोगकर्ताहरुलाई निकै सहज हुने कम्पनीले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here