रोयल इन्फिल्ड ‘वन राइड’: १५०० बढी राइडर सहभागी, डाउन सिन्ड्रोमलाई २ लाख सहयोग
७ असोज, काठमाडौं।
नेपालभरका २२ अधिकृत डिलरबाट १,५०० भन्दा बढी राइडर सहभागी भएको रोयल इन्फिल्डको ‘वन राइड’ कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ। काठमाडौँमा ६०० भन्दा बढी राइडर सहभागी भएको यस कार्यक्रममार्फत अल्फा अटोमोटिभले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई रु. २ लाख सहयोग हस्तान्तरण गर्दै सुरक्षित राइडिङ र सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गरेको छ।
रोयल इन्फिल्डको ‘वन राइड’मा १,५०० बढी राइडर सहभागी, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख सहयोग. रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’ कार्यक्रममा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको कार्यक्रममा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका हुन्।
काठमाडौंमा आयोजित राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो। देशभरका २२ वटा अधिकृत डिलर लोकेसनबाट राइडरहरू कार्यक्रममा सहभागी भएका थिए।
राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ। उक्त रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले डाउन सिन्ड्रोम एसोसिएसन नेपालका प्रेसिडेन्ट रमेश तामाङ, भाइस प्रेसिडेन्ट डा. प्रभा मैनाली र आरके सिंहलाई हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण गर्दै निर्देशक पौडेलले राइडिङलाई मोटरसाइकल र यात्रामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व तथा समुदायसँगको सहकार्यसँग जोड्दै लैजाने बताए। आगामी दिनमा पनि सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिने उनको भनाइ थियो।
कम्पनीका अनुसार ‘वन राइड’को उद्देश्य देशका विभिन्न स्थानमा रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर कम्युनिटीलाई एउटै प्लेटफर्ममा जोड्नु, अनुभव आदानप्रदान गर्नु र सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्नु हो।
रोयल इन्फिल्ड नेपालले आफ्नो राइडर कम्युनिटीलाई मोटरसाइकल र राइडिङमा मात्र सीमित नराखी सामाजिक गतिविधिसँग समेत जोड्दै आएको जनाएको छ। ‘प्योर मोटरसाइक्लिङ’ अवधारणा अन्तर्गत आयोजना गरिएको ‘वन राइड’ले देशभरका राइडरलाई एउटै अभियानमा जोड्नुका साथै स्थानीय समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार राइडिङलाई केवल यात्राका रूपमा नभई अन्वेषण, अनुभव र समुदायसँग जोडिने माध्यमका रूपमा अघि बढाउँदै आगामी दिनमा पनि राइडर कम्युनिटी तथा स्थानीय समुदायसँग सहकार्य गर्ने गतिविधिलाई निरन्तरता दिइनेछ।
For more: Royal Enfield One Ride Kathmandu

