रेमिट्यान्समा अग्रसर हुँदै सनराइज बैंक,जीएमई रेमिटसँग सम्झौता

remittance-agreement-between-sunrise-bank-and-gme-remittance

२९ फागुन २०७६, काठमाडौं । 

सनराइज बैंकले रेमिट्यान्समा अग्रसरता देखाएको छ । रेमिट्यान्स सेवा तथा सुविधा प्रदान गर्नका लागि जीएमई रेमिट्यान्ससँग सनराइज बैंकले सहकार्य गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता पत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुत्त रुपमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिट मार्फत पठाएको रकम जीएमई रेमिटका नेपाल अधिराज्य भर रहेका ८००० भन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् ।

सम्पुर्ण ग्राहकले सनराइज रेमिट मार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् । हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here