रिलायबल नेपाल लाइफको एजेन्सी म्याजेजर सम्मेलन सम्पन्न

Reliable Nepal Life Wraps Up
Reliable Nepal Life Wraps Up Agency Manager Conference

५ चैत, काठमाण्डौं।  

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रदेश स्तरिय एजेन्सी म्यानेजर सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले २ दिने कार्यक्रमको आयोजना गरी एजेन्सी म्यानेजरहरुलाई उत्प्रेरणा प्रदान गरेको हो ।

कार्यक्रममा विभिन्न विधामा उपलब्धि हासिल गर्ने करिब एक सय अभिकर्ताहरूलाई सम्मान गरिएको थियो र उक्त कार्यक्रम मा १८० जना को सहभागीता रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको टिममा सबैभन्दा बढी ब्यबसाय गर्न सफल महेन्द्रनगर शाखाका सिनियर एजेन्सी मेनेजर नरेन्द्र महता र ब्याक्तीगत कोडमा सबै भन्दा बढि व्यवसाय गर्ने लम्की शाखाकी एमडीआरटी दुर्गा धामी र अत्तरिया शाखाका एमडीआरटी प्रेमसिंह साउँदलाई सर्वोत्कृष्ट सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै कम्पनीका मार्केटिङ विभाग प्रमुख शैलेन्द्र श्रेष्ठले देशभरिमै सबै भन्दा ठुलो बीमा मृत्यु दाबी रकम रिलायवलले नै प्रदान गरेको बताए । साथै, उनले सुदूरपश्चिम अभिकर्ताहरूले कारोबारको दायरा बढाउदैँ लगेकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै बीमाका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर विष्टले सशक्त ढङ्गले बीमा क्षेत्रमा काम गर्न अभिकर्ताहरूलाई सुझाव दिए । जीवन बीमाबाट जीवन रक्षा सँगै छोटो समयमा मनग्य आम्दानी गर्नका उनको भनाइ छ ।

सहभागी अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय मोटिभेसनल बिपी रेग्मीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशभरका कर्मचारी र अभिकर्ताहरूको सहभागिता थियो । महेन्द्रनगर शाखा प्रमुख राजेन्द्र प्रसाद भट्टको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन अत्तरिया शाखा प्रमुख मोहन बहादुर बोहराले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here