रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा

Realme Narzo N53 Stylish

 ८ चैत, काठमाण्डौं।

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३ ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ ।

आकर्षक मूल्य सहितको यस रियलमी नार्जाे एन ५३ को जम्मा मुल्य रु. १७,९९९ रहेको कम्पनीले जनाएको छ ।

५० मेगापिक्सलको एआई (Realme Narzo N53 Stylish Design) पछाडिको मुख्य क्यामेरा रहेको नार्जाे एन ५३ मा सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ । ५००० एमएएचको ब्याट्री रहेको यस स्र्माटफोनमा ३३ वाटको फास्ट चार्जिङ रहेकोले ३१ मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ ।

७.४९ एमएम मोटाइ भएको नार्जाे एन ५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्यको एक रहेको दाबी गरेको छ भने यस स्र्माटफोनको लम्बाई १६७.३ एमएम, चौडाई ७६.७ एमएम र तौल १८२ ग्राम रहेको छ ।

फिङ्गर सेन्सर पावर बटनमा रहेको यस फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप सी पोर्टसमेत रहेको छ ।

युनिसक टाइगर टी ६१२ चीपसेट रहेको यस नार्जाे एन ५३ मा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ ।

त्यसैगरी चिपसेटमा १२ एनएम प्रोसेस नोड र १.८ गिजाहर्ज पावरसहित ग्राफिक्सका लागि माली जी–५७ जीपीयू रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here