रियलमी सी–२० र सी–२१ सार्वजनिक, सेप्टेम्बर १ देखि नेपालभरि उपलब्ध हुने

Realme-C20-price-nepal

१५ भदौ २०७८, काठमाडौं ।

नेपालमा आफ्नो लाखौं प्रशंसकहरुको लागि विश्वको सबैभन्दा छिटो बढी रहेका realme brand ले आज आक्रामक मूल्यमा आफ्ना realme C20 र realme C21 लन्च गरेको छ । अगस्ट २९ देखि Daraz अनलाइनबाट यी दुवै स्मार्टफोनहरुको pre-booking गर्न सकिन्छ र सेप्टेम्बर १ देखि नेपालभरि उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार ३२ जीबी मेमोरी र २ जीबी ¥याम भएको रियलमी सी–२० को मूल्य नेपालमा १२ हजार आठ सय ४९ रुपैयाँ र ६४ जीबी मेमोरी र ४ जीबी ¥याम भएको रियलमी सी–२१ को मूल्य १६ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । रियलमी सी–२० र सी–२१ मा ६.५ इन्चको डिस्प्ले, सुपर पावर सेभिङ मोड भएको पाँच हजार मेगाहर्ज ब्याट्री, जिओमेट्रिक आर्ट डिजाइन, मिडियाटेक हेलियो जी–३५ प्रोसेसरका साथै दुई सय ५६ जीबीसम्म बढाउन मिल्ने माइक्रोएसडी छ । स्मार्टफोनमा सुपर नाइटस्कोप भएको अल ट्रिपल क्यामेरा, अक्टा कोर १२ एनएम २.३ गिगाहर्ज प्रोसेसर पनि छ ।

यसैगरी कम्पनीले रियलमी सी–११ को मूल्यमा कटौती गरी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सी–११ अब ११ हजार नौ सय ९९ रुपैयाँमा नेपालमा पाउन सकिन्छ । कम्पनीका अनुसार रियलमी सी–११ मा पनि ६.५ इन्चको डिस्प्ले, अल्ट्रा सेभिङ मोड भएको पाँच हजार मेगाहर्जको ब्याट्री जिओमेट्रिक आर्ट डिजाइन र अक्टा कोर पावरफुल प्रोसेसर रहेको छ ।

यस्तै कम्पनीले रियलमी ८ को नयाँ भेरियन्ट पनि नेपालमा सार्वजनिक गरेको छ । १२८ जीबी मेमोरी र ६ जीबी ¥याम भएको यो स्मार्टफोन मात्र २७ हजार एक सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

For more details: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here