4th National Workshop on Machine Learning and Data Science आयोजना हुने

Machine Learning Workshop Nepal

११ भदौ २०७८, काठमाडौं ।

Machine Learning and Data Science Network (MLDSN), Nepal र  Mountech Solution Pvt. Ltd. ले आयोजना  गर्न  लागेको 4th National Workshop on Machine Learning and Data Science (NWMLDS-2021) हुने भएको छ ।

NWMLDS को  पहिलो  संस्करण  2018 को  मे  9  देखि 11 सम्म  KIST College Kathmandu मा  आयोजना  गरिएको  थियो।  यस  संस्करणमा  Machine learning र  Data science सम्बन्धि  रुचि  राख्नु  हुने  40 जना  भन्दा  बढी  बिद्यार्थी , कर्मचारी , शिक्षक   र  सोधकर्ताहरु  सहभागी  हुनु  भएको  थियो।

NWMLDS को  दोस्रो  संस्करण  2019 को  जुलाई  10 देखि 14 सम्म KIST College Kathmandu मा  नै  आयोजना  गरिएको  थियो।   पहिलो संस्करण  भन्दा  अलि  बिस्तृत  र  भब्य  रुपमा सम्पन्न भएको यो संस्करण ५ दिन लामो थियो। यसमा  80 जना  भन्दा  बढी  बिद्यार्थी, कर्मचारी, शिक्षक, सोधकर्ता  र  अनुसन्धानकर्ताहरु  सहभागी  हुनु  भएको  थियो।  नेपालमा  विभिन्न  क्षेत्र मा  दक्षता  हासिल गर्नु  भएका  र  बिदेशमा  पनि  रहनु  भएका  नेपाली  शिक्षाविद  र  बिसय  विशेशज्ञहरुले  यो  संस्करणमा  लेक्चर  दिनु  भएको  थियो।  अनलाइन  र फिजीकल  गरि  मिश्रित  रुपमा  आयोजना  गरिएको यो संस्करणमा  KIST College Kathmandu र  Fusemachines Nepal मुख्य  प्रायोजक थिए ।

त्यसैगरी, NWMLDS को तेस्रो  संस्करण  2020 को जुलाई 30  देखि  अगस्ट 3 सम्म COVID-19 ले  गर्दा  पूर्ण  भर्चुअल  रुपमा  आयोजना  गरिएको  थियो।  यस  संस्करणमा  500 भन्दा  बढी  आबेदन्हरु  प्राप्त  गरेका  थियौं  जसमा  320+ जनाले  सहभागिता  जनाउनु  भएको  थियो। यो  संस्करणमा  नेपाल  खुला बिश्वबिध्यालय र मध्यपश्चिम बिश्वबिध्यालय शैक्षिक सहयोगीहरु  हुनु हुन्थ्यो भने प्रमुख  प्रायोजकहरु  Herald College, Fusemachines, Treeleaf, KIST College, Pascal College, Summus International, NCIT college हुनु हुन्थ्यो।   यसका बिशेष  आकर्षणहरु  निम्न  अनुसार  थिए:

  • 3 Keynote sessions
  • 17 + guest speakers (Nepal, Australia, Germany, UK, USA, Canada)
  • 10 + Guided projects (Nepal, Germany, Thailand, USA, UK)
  • Panel discussion
  • Poster presentation (Singapore, Pakistan, India, Nepal)
  • Networking

2021 को  सेप्टेम्बर  15 देखि  19 सम्म  हुन  गइरहेको  चौथो  संस्करणमा  पनि  हामीले  800 भन्दा बढी  आबेदन  पर्ने  अपेक्षा  गरेका  छौ।  संसारभरी  रहनु  भएका  विभिन्न  बरिष्ठ शिक्षाविद  र  बिसय   विशेशज्ञहरु  यो  वर्कशपमा  सामेल  हुनु  हुन्छ। काठमाडौँ बिश्वबिध्यालय , त्रिभुवन  बिश्वबिध्यालय  – इन्स्टिच्युट  अफ इञ्जिनिएरिङ्ग  र  नेपाल  खुला बिश्वबिध्यालय  शैक्षिक सहयोगीहरु  हुनु   हुन्छ भने  Fusemachines, Treeleaf, ExtensoData, Pascal College प्रायोजक  मा  हुनु  हुन्छ।  यसका  साथै  अन्य शैक्षिक संस्था  र  औध्योगिक  संस्था  हरु  जोडिने  क्रम  पनि  जारी नै छ।   अघिल्लो  संस्करण  जस्तै  यो  वर्ष  पनि  NWMLDS को  कार्यक्रम  पूर्ण  अनलाइन  मार्फत  नै  हुदै  छ।  यो  कार्यक्रमका  प्रमुख  आकर्षणहरु  निम्न  छन् :

  • 4 Keynote sessions
  • 24+ guest speakers (Nepal, USA, Germany, UK, Australia, Switzerland, Netherlands)
  • Basic ML DS training
  • 10+ guided projects
  • 2-panel discussions ( ML and DS in academics, ML and DS in Finance and Telecommunications)
  • Poster presentations
  • Networking

यो  कार्यक्रममा  सकेसम्म  धेरैजना  सहभागी  हुन  सक्नुहोस  भन्ने  उदेश्यले  हामीले  कार्यक्रमको  शुल्क  सकेसम्म  न्युनतम,  Rs 500 मात्र राखेका  छौ। यो  शुल्क  कार्यक्रममा  सहभागीको  हेल्चेक्र्याई  नहोस  र  गम्भीर  प्रतिबध्दता  रहोस  भनेर  राखेका  हौँ।  कार्यक्रम  हरेक दिन  बिहान  8 बजे  देखि  बेलुका  6 बजेसम्म  संचालन  हुन्छ।  त्यसैले, सहभागीहरुले  5 दिन  पूर्ण  रुपमा  आफ्नो  समय  कार्यक्रमलाई दिनु  पर्ने  हुन्छ।

कार्यक्रम  सम्बन्धि  सम्पूर्ण  जानकारी www.mldsn.org/event  मा  उपलब्ध  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here