१५ असोज, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड हस्तान्तरण गरेको छ ।
RBB Donates Two Crores Flood Victims
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंकका सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरे।
चेक प्राप्त गर्दै प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबानले पीडित जनतालाई राहत पुर्याउन यस्ता सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले यो सहयोग बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको जानकारी गराए।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दैवी प्रकोप उद्धार कोषमा प्रारम्भिक रूपमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो।
For More:-RBB Donates Two Crores Flood Victims