बैंक तथा वित्तीय संस्थाहरुको कामप्रति चित्त नबुझे समयमै गुनासो दर्ता गर्न राष्ट्र बैंकको आग्रह
१६ साउन, काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाहरुको कामप्रति चित्त नबुझे समयमै गुनासो दर्ता गर्न सेवाग्राहीलाई राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले आज (मंगलबार) एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति कुनै गुनासो भए लहैलहै वा बहकाउमा नलागौँ’, ‘सोको यथोचित व्यवस्थापनका लागि समयमै गुनासो दर्ता गरी स्थापित संस्थागत संरचनाप्रति समस्या समाधानको पहल गर्नुपर्दछ।’ केन्द्रिय बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सबै किसिमका सेवा लिइरहेका वा लिन चाहेका ग्राहकको हित संरक्षणका लागि प्रत्येक संस्थामा गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने व्यवस्था गरेको छ । यसका लागि केन्द्रीय बैंकमा समेत अलग्गै महाशाखा स्थापना गरिएको छ ।
Advertisement
महाशाखाले वित्तीय ग्राहकको गुनासो व्यवस्थापन गर्दै आएको छ र गुनासोको प्रकृतिअनुसार राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नरको अध्यक्षतामा गठित व्यवसायी, बैंकर तथा अर्थ मन्त्रालयसमेतको प्रतिनिधित्व रहेको गुनासो व्यवस्थापन समितिमार्फत इजाजतपत्र प्राप्त संस्थालाई आवश्यकताअनुसार निर्देशनसमेत दिने गरिएको सूचनामा उल्लेख छ ।
केन्द्रिय बैंकले जारी गरेको सूचना यस्तो छः


