नेपालमै बनेको भेइकल ट्राकिङ सफ्टवेयर ‘प्रमिस टु सेक्युर’ सार्वजनिक

Promise '2' Secure is engaged in every aspect of software

साउन ४, काठमाण्डौं ।

शास्त्र क्रिएसन प्रा.लि.ले नेपालमा नै पहिलो पटक विकास गरेको भेइकल ट्राकिङ सफ्टवेयर ‘प्रमिस टु सेक्युर’ को सार्वजनिक गरेको छ । २ वर्षको रिसर्च र डेभलपमेन्ट पश्चात सफ्टवेयर बजारमा ल्याइएको हो । यो सफ्टवेयर सम्भवत, नेपालमा विकास भएको पहिलो फ्लिट म्यानेज्मेन्ट सफ्टवेयर हो ।

Promise ‘2’ Secure is engaged in every aspect of hardware

अब तपाईको गाडीको जानकारी तपाईकै हातमा भन्ने स्लोगन सहित सुरु गरिएको यो सफ्टवेयर विकास भएको छोटो समयमा नै पाचसयभन्दा बढि गाडीहरुमा प्रयोग भइसकेको छ । पछिल्लो समय नेपाल सरकारले नै सम्पुर्ण सार्वजनिक यातायात र भन्सारको गाडीहरुमा समेत जिपिएस ट्राकिङ सिस्टम प्रयोग गर्ने सार्वजनिक गरेको हुदा, यो सफ्टवेयरको आवश्यक्ता अझ बढेको छ । अहिले केहि विदेशी दुतावास, आइएनजिओ, बस सेवा तथा विभिन्न इकर्मश कम्पनीहरुमा समेत यसको प्रयोग भइरहेको छ । नेपालमा सबैभन्दा बढि गाडी बिक्री गर्ने सिप्रद्धी ट्रेडिङ समेत यो सफ्टवेयरको प्रयोगकर्ता हुने भएको छ । सिप्रद्धीको टेक्निकल पार्टनरको रुपमा यस कम्पनीले काम सुरु गरेको छ ।

यस सफ्टवेयर तथा सोलुसन्सले भेइकल ट्राकिङ, फ्युल म्यानेज्मन्ट लगायतको समाधान दिनेछ । यस सफ्टवेयरले गाडीहरुको रियल टाइम ट्राकिङ, रिमाइन्डर हिस्ट्री, अलर्ट तथा रिपोर्ट, दैनिक खर्च व्यवस्थापन, रुट म्यानेज्मेन्ट लगायतका सुविधाहरु दिनेछ । यसैगरी तेल तथा तापक्रम सेन्सर, डेलिभरी तथा अर्डर म्यानेज्मेन्ट समेत यस सफ्टवेयरबाट गर्न सकिन्छ । यसको लागि हार्डवेयर डिभाइससँग इन्टिग्रेट गर्नुपर्ने हुन्छ । प्रमिश टु सेक्युरमा विश्वको न. १ जिपिएस म्यानुफ्याक्चर कम्पनी कन्कस ब्राण्डका हार्डवेयर प्रयोग गरिएको छ । १५० बढि देशहरुमा सेवा दिइरहेको कन्कसको लागि नेपालको एकमात्र आधिकारिक वितरकको रुपमा शास्त्र क्रिएशन रहेको समेत जानकारी गराउदछौ ।

यो सिस्टम प्रयोग गर्नको लागि डिभाइसमा सिम प्रयोग गरिन्छ र सफ्टवेयरसँग इन्टिग्रेट गरिन्छ । तपाईले एप डाउनलोड गरेर मोवाइलबाट गाडी वा वस्तुको जानकारी लिन सक्नुहुनेछ भने वेबसाइटबाट पनि अपडेट लिन सकिन्छ । यो सिस्टम सेक्युर रहेको छ । नेपालकै डेटा सेन्टरमा सिस्टम होस्ट गरिएको छ, जसले गर्दा डेटा स्वदेशमै रहन्छ । सम्वन्धित व्यत्ति, सस्थाहरुले वाहेक डेटा एक्सेस गर्न पाउनेछैनन ।

यो सिस्टम अटोमोवाइल इन्डस्ट्री, फक्ट्री, डेलिभरी कम्पनीहरु, फाइनान्सियल इन्स्टिच्युसन, स्कुल तथा सार्वजनिक यातायातमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग अबको समयममा दिनानुदिन बढ्ने नै छ । सरकारको योजना अनुरुप अनिवार्य जिपिएस सिस्टम लागु भए केहि वर्ष भित्र नेपालमा गाडीहरु यस प्रकारको सिस्टममा अनुवन्धित हुनेछन, जसले गर्दा कुनै दुर्घटना, चोरीबाट बचाउन र सजिलै नियन्त्रणमा लिन सकिन्छ । यसैगरी ढाट्ने, छल्ने र गलत तरिकाले सवारीको प्रयोग गर्नलाई निरुत्साहित गर्नेछ । सरकारको डिजिटल नेपालको अभियानलाई सार्थक तुल्याउन पनि यस प्रकारको नयाँ प्रविधिले सहयोग गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here