इन्टरनेट सेवामा क्लासिक टेकको १० बर्ष पुरा

सोमबार, साउन ६, २०७६

क्लासिक टेक प्रा. लि. ले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १० बर्ष भएको छ। विश्वकै उत्कृष्ट GPON प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै यस संस्थाले नेपालको विभिन्न मुख्य सहरहरुमा सेवा उपलब्ध गराईसकेको छ भने नेपालको ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरि सकेको छ। । साथै २१ वटा भन्दा बढी शाखाको स्थापना गरि करिब ९०० दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

कम्पनी सँग हाल १०० gbps फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ । यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ। सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको छ ।
आफ्नो दशौ बार्षिक उत्सवको उपलक्षमा यस क्लासिक टेक ले मात्र रु. ४७१ प्रति महिनाको दरमा ५० mbps स्पीड को सेवा बजारमा ल्याएको छ। एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्ध सम्म गराउने भएकोले कम्पनीले जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here