‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन’ को अध्यक्षमा प्रा.डा.शाक्य

President of Center For Cyber Security Innovation

आईतबार, जेठ ४, २०७७

नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन’को प्रथम वार्षिक साधारणसभा आज मिति २०७७ जेठ ३ गते अनलाइन वेविनार मार्फत सम्पन्न भएको छ। सभाले प्राडा सुर्वण शाक्य अध्यक्ष र इन्जिनियर शालिग्राम पराजुलीलाई महासचिवमा निर्विरोध चयन गरेको हाे।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ प्रमुख अतिथिकाे रूपमा उपस्थिति हुनुहुन्थ्याे। अन्य अतिथिहरुमा क्यान अध्यक्ष नवराज कुँवर, नेपाल उद्योग वाणिज्य महासंघका सूचना सञ्चार प्रविधि विकास समितिका अध्यक्ष इन्जिनियर विनोद ढकाल, क्यान महासंघका पूर्व अध्यक्ष विपल्वमान सिंह, इन्टरनेट गोभरनेन्स् इन्स्टिच्युटका उपाध्यक्ष बाबुराम अर्याल, एनपीसर्टका उपाध्यक्ष कुमार पुडासैनी, एनपीनगका उपाध्यक्ष रामकृष्ण परियार तथा संस्थाका सल्लाहकार विवेक शम्शेर राणालगायत सिएसआरआई संस्थाका पदाधिकारी तथा सद्स्यहरुको सहभागिता रहेको थियो।

सम्पन्न साधारणसभाले प्रा.डा. सुवर्ण शाक्य नेतृत्वको १५ सदस्यीय कार्यसमिति चयन गर्यो । नयाँ कार्यसमिति अध्यक्षमा डा. सुवर्ण शाक्य, निबर्तमान अध्यक्ष चिरन्जिबी अधिकारी, बरिष्ठ उपाध्यक्षमा डा. पवन कुमार शर्मा, मिलनराज नेपाली र रोजाकिरण बासुकला, महासचिवमा शालिग्राम पराजुली, सचिवमा सुमन थपालिया, कोषाध्यक्षमा डा. प्रमोद पराजुली सर्वसम्मतले निर्वाचित भएका छन्।

साथै, उक्त साधारण सभाबाट ८ जना कार्यकारणी सदस्यहरुमा रामकृष्ण दाहाल, शिला कार्की कंसाकार, सरला कार्की, गंगा भण्डारी, रेग बहादुर भण्डारी, भीमध्वज श्रेष्ठ, तेज प्रसाद धमाल र आभाष अधिकारी निर्वाचित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here