प्रभु बैंक लिमिटेड र भेटायो इन्क प्रा.लि बीच आकर्षक छुट सम्झौता

Prabhu Bank Agreement
Share It On:

२१ साउन २०७९, काठमाडौं।

प्रभु बैंक लिमिटेड र भेटायो इन्क प्रा. लि.का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र भेटायो इन्क प्रा. लि.का तर्फबाट सह संस्थापक अंशु शाक्यद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र उक्त प्रा.लि बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले “भेटायो” मोबाइल एप प्रयोग गरि सेवा लिएमा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

“भेटायो” मोबाइल एपबाट (कीट नियन्त्रण, प्लम्बिङ, सवारी साधन सफाई, पशु चिकित्सक, पार्लर सेवा, मर्मत, लाउण्डरी, पी.सी.आर, मेकअप) इत्यादि विभिन्न सेवा लिन सकिने छ।

उतm सम्झौता अन्तर्गत भेटायो इन्क प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, भेटायो इन्क प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *