प्रभु बैंकका ग्राहकले धुलिखेल डेण्टल केयरको सेवामा छुट पाउने
५ साउन, काठमाडौं ।
प्रभु बैंक लिमिटेडको धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्न सम्झौता भएको छ।
यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेन्टल केयरका तर्फबाट प्रबन्ध संचालक अमिर हमालले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको डेविट कार्ड,क्रेडिट कार्ड,मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन। सबै उमेर समुहका व्यक्तिको दाँतको उपचार शुल्कमा २० प्रतिशत छुट हुनेछ।
हाल बैंकको कुल शाखा ३०१ पुगेको छ भने ७१ वटा एक्सटेन्सन काउन्टर २६ वटा शाखा रहित बैंकिङ र २७५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।