“छैठौ राष्ट्रिय युवा बिज्ञान सम्मेलन २०२३” आयोजना हुदै

nepal science summit

५ साउन, काठमाडौं । 

ब्रैनिक्युब रिसर्च अर्गनाईजेसनको आयोजना र ग्यल्याक्सी पब्लिक स्कुल, मिड भ्याली कलेज, द स्कुआड अफ चेन्ज्मेकर र अस्त्रोनोवा फौनडेसन्को सहआयोजनामा यही जुलाई २२ र २३ मा एक बृहत बैज्ञानिक कार्यक्रम “छैठौ रास्ट्रीय युवा बिज्ञान सम्मेलन २०२३” आयोजना हुदैछ|

यस कार्यक्रममा प्यानल डीसकसन, खोज र अनुसन्धानमा आधारीत बिज्ञान पोस्टर प्रदर्शनी जस्ता कार्यक्रमका साथै युवा बैज्ञानीक पुरस्कार र अन्य विभिन्न पुरस्कार हरु युवा बैज्ञानिक हरुलाई प्रदान गरिनेछ|

 साथै यस कार्यक्रममा रकेट साइन्स, रिमोट कन्ट्रोल प्लेन, स्याटेलाइट, रोबोटिक्स, खगोलशास्त्र, टेलेस्कोप लगायत विभिन्न बैज्ञानीक उपकरणको प्रदर्शनी समेत रहेको छ |

यस बाहेक देश विदेशका बरिष्ठ बैज्ञानीक तथा बिज्ञहरुले यस कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्नु हनेछ|

यस कार्यक्रम मा विभिन्न बिज्ञान संग सम्बन्धीत खेल हरु पनि रहेका छन् जसमा बिद्यार्थीहरुले भाग लिई विभिन्न पुरस्कारहरु पनि जित्न सक्नेछन्|

साथै टेक क्येर हेल्थ सर्विसले यस कार्यक्रम मा निसुल्क स्वास्थ सिविर र रक्तदान कार्यक्रम समेत संचालन गर्ने छ| करीब ५००० बिद्यार्थीले यस कार्यक्रमको अवलोकन गर्ने यसका आयोजक ले बताएका छन्|

आउदो सनिबार र आइतबार मिड भ्याली कलेज (ग्यल्याक्सी पब्लिक स्कुल, ज्ञानेस्वोर, काठमान्डूमा बिहान ९ देखि ४ बजेसम्म यो कार्यक्रम संचालन हुनेछ| यस कार्यक्रममा निसुल्क सहभागीता जनाउन सकिनेछ|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here