प्रधानमन्त्रीले अग्र्यानकि संघका पदाधिकारीसँग छलफल गर्दै
७ साउन, काठमाडौं।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल अग्र्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री शाहले आज ११ः३० बजे नेपालमा जैविक (अग्र्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवद्र्धन गर्ने संस्थाका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी रहने छन् ।
नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न पहलहरू अगाडि बढाइएको छ। यो संस्था नेपालको कृषि क्षेत्रलाई दिगो र अर्ग्यानिक बनाउन प्रतिबद्ध रहेको छ।
यसैबीच, मुलुकमा उद्योग र व्यवसाय प्रवर्द्धनका निम्ति प्रधानमन्त्रीले उद्योगी तथा व्यवसायीहरूसँगको संवादलाई तिब्रता दिएका छन् ।
For More: PM Organic Association Talks Nepal

