काठमाडौं , कात्तिक १६ गते।
मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्ड वा हक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरु संग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता भएका व्यवसायिक संस्थाहरु निम्नानुुसार रहेका छन् ।
क्र.स. नाम ठेगाना सेवा विशेष छुट%
१ ब्लुक्रस अस्पताल त्रिपुरेश्वर अस्पताल तथा स्वास्थ्य सेवा १०%
२ धुलिखेल माउण्टेन रिर्सोट धुलिखेल होटल तथा रिर्सोट १०%
३ स्तुपा रिर्सोट नगरकोट होटलतथा रिर्सोट १५%
४ जम्बाला रिर्सोट खोटाङ्ग होटल तथा रिर्सोट १५%
५ ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवन रिर्सोट तथा स्पा १५%
६ ओडान ग्रुप अफ कम्पनी काठमाडौं रेस्टुरेन्ट १५%
७ देव कर्नर ज्वेलरी काठमाडौं गरगहना सम्बन्धी ३०%
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले माथि उल्लेखित व्यवसायिक संस्थाहरुबाट सेवा लिदा १०% – ३०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।