काठमाडौं , कात्तिक १६ गते।
आईसीएफसी फाइनान्स लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ। आईसीएफसी फाइनान्सका मानव संसाधन तथा सामान्य सेवा विभाग प्रमुख संजय थपलिया र खल्तीका निर्देशक अमित अग्रवालले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।
खल्तीसँगकाे सम्झाैतापछि आईसीएफसी फाइनान्सका ग्राहकहरूले फाइनान्सको खाता डाइरेक्न खल्तीसँग लिन्क सकिन्छ । खातामा रहेकाे रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयाेग गर्न सक्नेछन् ।
यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्याउने अपेक्षा आईसीएफसी फाइनान्सले गरेकाे छ ।
सम्झौता अनुसार आईसीएफसी फाइनान्सले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिंग प्रणाली प्रदान गर्नेछ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। आईसीएफसी फाइनान्सका ग्राहकले बैंक वाइन्डिंग,ई-बैंकिंग, मोबाइल बैंकिंग, बैंक स्मार्ट, बैंकिंग चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्तीमा रकम लोड गर्न सक्नेछन् ।