सुपरभोक, ओपोको फ्ल्याश चार्जिङ प्रविधिलाई टीयूभी ह्रायनल्याण्डद्वारा मान्यता प्राप्त

माघ ९, काठमाडौं । प्रसिद्ध अन्तरराष्ट्रिय सेफ्टी अथोरिटी, टीयूभी ह्रायनल्याण्ड, जर्मनीले ओपो ईलेक्ट्रोनिक्सको स्वामित्व अन्तर्गतको ¥यापिड चार्ज प्रविधि, भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्याण्ट–करेण्ट चार्जिङ (भोक)लाई मान्यता प्रदान (सर्टिफाइड) गरेको छ । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालमा पनि भरखरै सार्वजनिक ओपो एफनाइन मार्फत यो प्रविधि उपलब्ध गराइसकेको छ । हाल विश्वभर १० करोड भन्दा बढी स्मार्टफोनमा यो प्रविधिको प्रयोग भइसकेको छ ।

भोक प्राविधिकलाई प्रदान गरिएको यो सुरक्षा प्रमाणिकरण विभिन्न कठोर परिक्षण मानक र परिक्षणका सत्रहरुमा सफलता पश्चात प्रदान गरिएको हो । त्यसैगरी, दैनिक प्रयोगमा सुरक्षाको सुनिश्चितताका लागि ब्याट्री तथा चार्जिङ साइकलको महिनौको परिक्षणपनि गरिएको बताइएको छ । चार्जिङ शक्तिलाई बृहत्त ५० वाट (१०भी ५ए) सम्म पु¥याउने सुपर भोकलाई यस प्रमाणिकरणले बास्तवमै सुरक्षित प्रमाणित गरिदिएको छ ।

प्रमाणिकरण प्रक्रिया अन्तर्गत औद्योगिक आवश्यकता अधिक १ हजार ट्रायल परिक्षण, ६ सय स्वतन्त्र फास्ट चार्ज÷डिस्चार्ज ब्याट्री लाईफ परिक्षण र चार्जिङ टर्मिनल्समा १० हजार हट प्लग परिक्षण गरिएको जानकारी दिइएको छ ।यी परिक्षण र नतिजाले मोबाइलको फास्ट चार्जिङ प्रविधि सुरक्षित र विश्वासिलो रहेको प्रमाणित गरेको छ । वैश्विक प्रमाणिकरण र ब्यापक बौद्धिक सम्पत्ति रणनीतिक साझेदारीहरुका साथमा ओपोले उपभोक्ताका लागि थप सुरक्षित र सरल फ्ल्याशचार्जिङ अनुभव दिइरहेको छ ।

वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपो, प्राविधिक नव प्रबद्र्धनका साथ आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट मोबाइल अनुभव प्रदान गर्न निरन्तर प्रयासरत छ । यसै प्रक्रिया अन्तर्गत फाइण्डएक्सको सुपरभोक भर्जनका साथै ओपो आर १७ प्रो पनि सुपरभोक फ्ल्याश चार्ज सुसज्जित छ ।

सुपरभोकप्रविधिका साथमा स्मार्टफोनले मात्र १० मिनेटको अन्तरालमाफोनको ब्याट्रीलाई ४०% सम्म चार्ज गर्ने क्षमता पाउँछन् । सुपरभोक फ्ल्याश चार्जले ५ तहको सुरक्षा पनि प्रदान गर्छ । यसले फोन चार्जमा रहेको अवस्थामा सुरक्षाको सुनिश्चितता प्रदान गर्छ । यसमा रहेका विशेष चिप्सले चार्जिङ प्लग, यूएसबी केबल, मोबाइलफोन र ब्याट्रीलाई छुट्टा छुट्टै तहमा सुरक्षा प्रदान गर्छ । साथै, थप सुरक्षाको प्रत्याभुती प्रदान गर्ने सोचका साथ ओपोले टीयूभी ह्रायनल्याण्ड ल्याबसंग नजिकको सहकार्य गरिरहेको छ ।
जर्मनीको कोलोग्नमा मुख्यालय रहेको टीयूभी ह्रायनल्याण्ड प्राविधिक परिक्षण सेवा र प्रमाणिकरण संस्थाहो । यूरोप, एसिया, अफ्रिका र अमेरिकामा समेत यसका थप कार्यालयहरु रहेका छन् । यिनले सुरक्षा मानक मापदण्ड, उत्पादनको गुणस्तर र योग्यता, ब्यवस्थापन प्रणाली, उत्पादन प्रक्रिया लगायतको परिक्षण तथा प्रमाणिकरण प्रदान गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here