ओपोको फाइभजी फ्ल्याग शिप अनलाईन कन्फरेन्स

oppos-all-round-powerful-5g-flagship-to-be-launched-at-online-conference-2

१३ फागुन २०७६, काठमाडौं ।  

विश्वकै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले आज आफ्नो नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । निकै प्रतिक्षारत ग्लोबल लञ्च ओपोको यूट्यूब च्यानल मार्फत मार्चको ६ तारिक १०ः३० सीईटीमा आयोजना गरिने छ ।

अन्वेषण ओपोको डी एनएको एक अभिन्न अंश हो, जसले गर्दा कम्पनी निरन्तर नव प्रबर्तन, नयाँ सम्भावनाको खोजी तथा आफ्ना उपभोक्तालाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्न हर सिमाना नाध्न सदैव तत्पर रहन्छ । यही तत्परताको निरन्तर्ताका रुपमा ग्राउण्ड ब्रेकिङ स्मार्टफोन अनुभव प्रदान गर्ने, ओपो फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने तयारीलाई लिन सकिन्छ ।

आफ्ना हरेक उत्पादनका लागि उपभोक्ताका प्रतिक्रियालाई विशेष प्राथमिकतामा राख्दै ब्राण्डले रिचर्स एण्ड डेभलपमेन्टमा भारी लगानी गर्दै नयाँ ओपो फाइन्ड एक्सटू उत्पादन गरेको हो । विशेष गरी फाइभजी यूगमा स्मार्टफोनलाई अझ परिस्कृत बनाउँदै लैजाने ओपोको अथक र निरन्तर प्रयासको यसले प्रतिबिम्बित गरेको छ ।

फाइन्ड एक्सटू सिरिजमा ओपोले अहिले सम्म विकसित गरेकै मध्य सर्वाधिक अत्याधुनिक स्क्रिनको प्रयोग गरिएको जानकारी दिएको छ । यो स्क्रिनमा रिजोल्यूशन, स्क्रिन रिफ्रेश रेट, रंग र हाई डायनामिक रेञ्जमा विशेष प्राथमिकता दिँदै प्रयोगकर्तालाई स्पष्ट, सटिक, स्मूथ र आरामदायी स्क्रिन अनुभव प्राप्त हुने कम्पनीको दावी छ ।

फाइन्ड एक्सटू प्रोमा अनुकूलित फ्ल्यागशिप ईमेज सेन्सर जडान गरिनुका साथै अहिले सम्मकै अत्याधुनिक फोटोग्राफी प्रविधिहरुको प्रयोग गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई प्रिमियम फोटो गुणस्तर र फोकसिङ पफमेन्स प्राप्त हुने कम्पनीको दावी छ । साथै, फाइन्ड एक्सटू सिरिजले एसए/एनएसए डुअल-मोड्यूल नेटवर्क सपोर्ट गर्ने, क्वालकमको फाइभजी फ्ल्यागशिप चिप स्न्याप ड्रायगन ८६५ को प्रयोग गरिएको छ । यसले गर्दा अदृतिय फाइभजी अनुभवलाई वास्तविकतामा परिनत गर्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here