‘भ्यालेन्टाइन्स-डे’ का लागि उत्कृष्ट उपहारः ओपो एनाइन २०२०

OPPO Kathmandu is having a Valentine promo on their Facebook page

काठमाडौं, माघ २६

भ्यालेन्टाइन्स डे नजिकिँदो छ। विदेशी पर्व भएता पनि विशेषगरी यूवा वर्ग माझ भ्यालेन्टाइन्स डे, निकै लोकप्रिय छ। आफ्ना मन मिल्ने मानिसलाई उपहार दिँदै मनका भावना प्रस्तुत गर्ने दिनका रुपमा यसको विशेष महत्व छ।

साथी भाई, आमा–बुबा, प्रेमी–प्रेमिका लगायतले यस दिनमा उपहार आदान प्रदान गरी आफ्ना प्रेमिल भावना ब्यक्त गर्ने चलन रहँदै आएको छ। यस्तोमा राम्रो उपहारका रुपमा मोबाइल फोन प्रदान गर्ने परिपाटीपनि बस्न थालेको छ। यस परिपाटीमा अहिले बजारमा निकै लोकप्रिय ४८एमपी क्वाड क्यामेरा सुसज्जित ओपो एनाइन २०२० उपहारका लागि उत्कृष्ट विकल्प हुन सक्छ।

मितब्ययी मूल्यमा अत्याधुनिक फिचर्स सुसज्जित ओपो एनाइन २०२० विशेष यूवावर्ग लक्षित फोन हो। पूरुष र महिला दूबैका लागि उपयुक्त यो उपकरण उपहारका लागि कसरी उत्कृष्ट छ त? यसमा उपलब्ध पाँच उत्कृष्ट उपयोगी फिचर्स यहाँ प्रस्तुत गरिएका छन्ः

अत्याधुनिक क्यामेरा प्रविधि
ओपो एनाइन २०२०मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपी मुख्य क्यामेरा+ ८एमपी अल्ट्रा(वाइड लेन्स+ २एमपी मोनो लेन्स+ २ एमपी पोट्रेट लेन्स उपलब्ध गरिएको छ। यिनले प्रयोगकर्ताका हरेक शुटिङ एंगल्स तथा सिनेरियोको आवश्यकता अल्ट्रा नाइट मोड २.० र आर्टिस्टिक पोट्रेट स्टाइल्सको समग्र विकल्पका माध्यमबाट समाधान उपलब्ध गराउँछ। साथै, छोटा भिडियो क्लिपको यो जमानामा सहजताका साथ बटन क्लिक गरेकै भरमा आकर्षक कन्टेन्ट निर्माणमा सघाउने सोचका साथ यसमा भिडियो फिल्टर्सपनि उपलब्ध गरिएको छ।

आकर्षक र प्रयोगमैत्री ईन्टेलिजेन्ट डिजाइन
ओपो एनाइन २०२०मा आकर्षक लुक्स र सुदृढ प्रयोग अनुभवका लागि पछिल्ला संस्करणका तुलनामा ३१.४ प्रतिशतले कम क्षेत्रफल ओगट्ने नयाँ कम्प्याक्ट वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ। यसमा रहेको ६.५ ईञ्चको फुल स्क्रिनमा ८९% स्क्रिन टू बडी रेसियाका साथमा कोर्निङ गोरिल्ला ग्लास थ्री+को प्रयोग गरिएको छ। यो तेस्रो पुस्ताका गोरिल्ला ग्लासको तुलनमा थप कडा हुनुका साथै अझ बढी सुरक्षा प्रदान गर्छ। यसमा रहेको सनलाइट स्क्रिनले स्क्रिन प्रत्यक्ष सुर्यको प्रकासमा समेत रिडेबिलिटी बढाउनुका साथै कम वा अत्यधिक प्रकास भएका स्थानमा समेत उत्कृष्ट रंग फाल्ने क्षमता राख्छ। साथै यसमा रहेको ब्ल्यू लाइट फिल्टरले केही हदसम्म प्रयोगकर्ताको आँखालाई सुरक्षा समेत प्रदान गर्छ।

अझ भाइब्रेण्ट आकर्षक लुक्सका लागि ओपो एनाइन २०२०मा थ्रीडी ग्राडियण्ट डिजाएनको प्रयोग गरिएको छ। यसको निर्माणमा ४ कभ्र्ड थ्रीडी शिट्सको प्रयोग गरिएको छ। यसले गर्दा फोन पातलो देखिनुका साथै हातमा समाउँदा आरामदायी ग्रिपपनि प्रदान गर्छ। फोनमा प्रयोग गरिएका नानो स्केल प्याटन्र्सका कारण फरक कोण र भिन्न भिन्न प्रकासमा यसले मल्टि टोन्ड, -याडियन्ट कलरिङ फाल्छ।

हार्डवेयर र सफ्टवेयरको समायोजन

१९ घण्टा लगातार प्रयोग गर्न सकिने ५ हजारएमएएच क्षमताको ब्याट्री फोनमा उपलब्ध गरिएको छ। यसमा रहेको ब्याट्रीले रिभर्स चार्जिङ समेत सपोर्ट गर्छ।
अडियोका लागि ओपो ए सिरिज २०२०२मा उच्च भोल्यूम र सुदृढ आवाजको गुणस्तर सहित डुअल स्पिकर जडान गरिएका छन्। उत्कृष्ट आवाजको गुणस्तर, रोमाञ्चक गेमिङ अनुभव लगायतका लागि फोनमा डल्बी एट्मस साउण्ड ईफेक्टको प्रयोग गरिएको छ।

ओपो एनाइन २०२०मा शक्तिशाली कार्यक्षमताका लागि ८ कोर ६४ बिट प्रोसेसरका साथमा क्वालकम स्न्यापड्रागन ६६५ प्ल्याटफर्म दिइएको छ। स्न्यापड्रागन ४५० प्रयोग गरिएको पछिल्लो एसेवेनका तुलनामा एनाइन २०२०को सीपीयूमा ४० प्रतिशत सुदृढ छ भने यसको जीपीयूमा १००प्रतिशत सुधार दिइएको छ।

सुदृढ गेमिङ अनुभव र पर्याप्त सञ्चय क्षमता
विशेषगरी गेमिङ अनुभवको कुरा गर्दा फोनमा दिइएको गेम बुस्ट २.० एक्सिलिरेटर प्रविधिले सुदृढ फ्रेम बुस्ट र टच बुस्ट दिन्छ। यसले गर्दा प्रयोगकर्ताले लाइटनिङ फास्ट गेम प्ले रेस्पोन्स पाउँछन्। फलतः टच स्क्रिनका कारण हुने ढिलाइको समस्याको समाधान हुनुका साथै समग्र गेमिङ अनुभवमै सुधार आउँछ।
फोनमा एण्ड्रोइड ९.०मा आधारित कलरओएस ६को प्रयोग गरिएको छ। यसले ताजा दृष्यानुभुति दिनुका साथै लामो समयसम्मको निरन्तर प्रयोग गर्दा समेत आरामदायी अनुभव प्रदान गर्छ। फोनमा फिंगरप्रिन्ट र फेसियल अनलक जस्ता आकर्षक फिचरपनि उपलब्ध छन्। यस सञ्चालन प्रणालीमा स्मार्ट एसिस्ट्यान्ट, राइडिङ मोड, म्यूजिक पार्टी र गेस्चर न्याभिगेसन जस्ता स्मार्ट फञ्सन्सपनि दिइएका छन्। यसले प्रयोगकर्तालाई सहजताको अनुभूति दिनुका साथै, सुरक्षा र समग्र फोनको क्षमतामा बढोत्तरीको अनुभव प्रदान गर्छ।

फोनमा जीवनका सुन्दर सम्झनाहरु सञ्चयका दौरान स्पेसका कारण कुनै समस्या नआओस् भन्ने सोचका साथ १२८जीबी उच्च मेमोरी क्षमता र २ सय ५६ जीबी मेमोरी सपोर्ट गर्ने थ्रीकार्ड (डुअल सिम+ माइक्रोएसडी) स्लट पनि उपलब्ध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here