ओपोद्वारा ईयरफोन्स, टीभी लगायत बहु उपकरणका साथमा आईओटी विस्तार

Oppo TV R1

कात्तिक  ७, २०७७, काठमाडौं ।

ओपोले सेप्टेम्बर १९ का दिन ‘वान मोर स्टेप’ थिमका साथमा नयाँ उत्पादन सार्वजनिक गरेको छ । नयाँ उत्पादन सार्वजनिकका लागि आयोजित कार्यक्रम मार्फत ओपोले, ओपो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स, ओपो वाट्च आरएक्स, ओपो टीभी एसवान र ओपो टीभी आरवान सिरिज लगायतका साथमा आफ्नो आईओटी ईकोसिस्टमलाई विस्तार गर्दै विभिन्न नयाँ उत्पादनहरु सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएका नयाँ उत्पादनहरुले ओपोकोे आईओटी बजार पोर्टफोलियो विस्तार गर्ने रणनीतिक योजना प्रतिबिम्बित गरेको छ । मानव स्पर्शका साथमा ओपोले विभिन्न अवस्थामा उपयोगी पृथक उपकरणका साथमा स्मार्ट अनुभव पस्कने अथक प्रयास गरिरहेको छ । यस कार्यमा सफलताका लागि स्मार्टफोन्स, टीभी, ईयरफोन्स र वाट्चेज लगायत कोर एन्ट्रि लेभल उपकरणहरुमा निरन्तर नवप्रबर्तन पस्किरहेको छ । ओपोले अत्याधुनिक प्रविधिलाई मनमोहक डिजाइनका साथमा उपलब्ध गराउँदै उपभोक्तालाई बौद्धिक तथा रमनिय जीवन ब्यतित गर्न सघाउँछ ।

आवाजलाई नयाँ परिभाषा दिँदै ओपो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स

ओपो एन्को एक्स टु« वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स सार्वजनिक गर्नका लागि अग्रणी वैश्विक हाई(फाई ब्राण्ड डाइनअडियोसंग सहकार्य गरेको छ । ईयरफोन्स ट्युनिङ डाइनअडियो ए÷एसका चिफ एकोस्टिक विशेषज्ञ ड्यानियल ईमोन्ट्सले गरेका हुन् । उनी अवार्ड जितिसकेका विभिन्न डाइनअडियो स्पिकर्सका एकोस्टिक डिजाइनर हुन् । एक्सक्लुजिव डीबीईई ३.० एकोस्टिक प्रणालीद्वारा सञ्चारित तथा नवप्रबर्तनात्मक एकोस्टिक स्ट्रक्चरल डिजाइन सुसज्जित, ओपो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्सले उच्च गुणस्तरिय आवाज प्रस्तुत गर्नुका साथै सन्तुलित र प्राकृतिक ध्वनि प्रेशित गर्ने क्षमता राख्छ । साथै, यसमा रहेको न्वाइज क्यान्सलिङ फञ्शनले हरेक किसिमका सिनेरियोमा काम गर्नुका साथै एएनसी डुअल एक्टिभ न्वाइज क्यान्सलेशन, मल्टि(लेभल न्वाइज रिडक्शन म्यानेजमेन्ट र ट्रान्सपेरेन्सि मोडमा हुँदा प्राकृतिक संचार सुविधापनि उपलब्ध गराउँछ । यी ईयरफोनसले ट्रिपल माइक्रोफोन कल न्वाइज क्यासलेसन र वायरलेस चार्जिङपनि सपोर्ट गर्छ ।

ओपोद्वारा मूल प्रविष्टि(स्तरका आईओटी उत्पादनहरु सार्वजनिक

आयोजित कार्यक्रम मार्फत ओपोले टीभीका दूई सिरिज, ओपो टीभी एसवान र ओपो टीभी आरवानलाई तीन भिन्न मोडल्समा सार्वजनिक गरेको छ । ६५ ईन्चको ओपो टीभी एसवानमा फोरके क्यूलेड रिजोल्यूशन क्वानटम डट वाइड कलर ग्याम्यूट डिस्प्ले फिचर उपलब्ध छ । यसमा रहेको १२०% अल्ट्रा(वाइड कलर ग्याम्यूटले सटिक र थप भाइब्रेण्ट ग्राफिक्स र सहज र स्मूथ कलर ट्रान्जिशनमा सघाउँछ । यसमा रहेको १२०एचजेड रिफ्रेश रेट र भ्यारिएबल रिफ्रेश रेट (भीआरआर)ले स्पोर्ट्स तथा गेमिङ ग्राफिक्सलाई स्मूथ र अझ प्राकृतिक देखाउन सघाउँछ ।

टीभीको एकोस्टिक परफरमेन्सको कुरा गर्दा ओपोले यसमा सटिक सिनेम्याटिक साउण्ड क्वालिटी दिन डायनअडियो संग सहकार्य गरेको छ । ओपो टीभी एसवानमा ८५वाट सम्म उर्जा दिने र ५.१.२ च्यानल्स र डल्बी एट्मस सपोर्ट गर्ने अठार स्टेरियो सराउण्ड साउन्ड स्पिकर्स जडित छ ।

ओपो टीभी आरवान ५५(ईन्च र ६५(ईन्च मोडल्समा क्वाड(कोर प्रोसेसर र हाई(स्पिड वाईफाई सिक्सका साथमा उपलब्ध गरिएको हो । “ईन्स्ट्यान्ट(अन” फिचर सुसज्जित यी टीभीले प्रयोगकर्तालाई लिभिङ रुमको नयाँ अनुभव प्रदान गर्छ ।

साथै, ओपोले आफ्नो पहिलो राउण्ड डाइल स्मार्टवाट्च ओपो वाट्च आरएक्स र परिस्कृत कलरओएस वाट्च १.५ नयाँ डाइल्स, स्पोर्ट्स मोड्स र प्रयोगकर्ता अनुभवमा थप सुधारका लागि विभिन्न एप्सका साथमा सार्वजनिक गरेको छ । चीनमा लिग अफ लेजेन्ड्स संग सहकार्य गर्दै ओपो वाट्च लिग अफ लेजेन्ड्स लिमिटेड एडिशन, ओपो वाट्च आरएक्स लिग अफ लेजेन्ड्स लिमिटेड एडिशन र ओपो फाइन्ड एक्सटू लिग अफ लेजेन्ड्स ईस्पोर्ट्सः वाल्र्ड्स २०२० एडिशन गरी तीन नयाँ कस्टम उत्पादन उपलब्ध गराएको छ ।

“यसका साथै हामी हाम्रो ईन्टरनेट एक्स्पेरियन्स स्टे«टिजी( नयाँ ओपो ईकोसिस्टम अन्तर्गत नयाँ रणनैतिक गोलको घोषणा गर्दछौँ”, चाइनिज मेनल्याण्डका अध्यक्ष बबी लिउले भने, “यसको अर्थ अब भविस्यमा सार्वजनिक हुने ओपोका उत्पादनहरु हाम्रो नयाँ कनेक्टेड ईकोसिस्टमका अंग हुनेछन् । यसको उद्देश्य चिन्ता(रहित, उपभोक्ताका लागि सुन्दर स्मार्ट लाईफ हुनेछ ।”

कनेक्टेड फ्यूचर तिर, ओपोको थप एक कदम

विश्वभर फाइभजी र एआई प्रविधिको बिस्तारसंगै, ओपो ईन्टरनेट अफ थिंग्सको यूग तिर तिब्र गतिमा अग्रसर भइरहेको छ । यस यूगमा विभिन्न उपकरण विचको अन्तरक्रियाको माग ब्यापकरुपमा बढी रहेको छ । विश्वकै अग्रणी प्राविधिक ब्राण्डका रुपमा ओपोको परिचय अब स्मार्टफोन निर्माताका रुपमा मात्र सिमित छैन । कम्पनीले आफ्नो दिर्घकालिन योजनालाई नयाँ आईओटी ईकोसिस्टम निर्माणमा केन्द्रित गरिसकेको छ ।

भविस्यमा ओपोले आफ्नो ध्यान ब्यक्तिगत मनोरञ्जन, होम अप्लायन्सेस र फर्निसिङ र खेल तथा स्वास्थ्य गरी विशेषतः तीन प्रमुख प्रयोग सिनेरियोमा केन्द्रित गर्नेछ । यसैमा आधारित भई ओपोले भविस्यमा आफ्ना आईओटी लाइनअपको विस्तार गर्नेछ ।

ओपोले आफ्नो आईओटी नीतिको घोषणा पहिलो पटक ओपो ईन्नो डे २०१९मा गरेको थियो । सो समयमा कम्पनीले आफ्नो ध्यान आफ्ना प्रमुख ईन्ट्रि लेभल उत्पादनमा केन्द्रित गर्दै खुल्ला आईओटी ईकोसिस्टम स्थापना गर्ने तिर अग्रसर हुने जानकारी दिएको थियो । नयाँ घोषणा संगै ओपो, ईन्टिग्रेटेड एप्लिकेशन सिनेरियो निर्माण गर्दै, स्मार्ट अनुभवमा सुधार दिँदै तथा आफ्ना पार्टनर्ससंग सहकार्य गर्दै प्रभावकारी ईकोसिस्टम निर्माणको कार्यमा थप एक कदम अगाडी बढेको छ । उपभोक्तालाई त्रुटिरहित, मानव स्पर्श सहितको शानदार स्मार्ट जीवनदिने उद्देश्यका साथ ओपोले अत्याधुनिक प्रविधि र सटिक कनेक्टिभिटीको समिकरणका लागि आफ्ना विश्वभरका पार्टनर्ससंगको सहकार्य मार्फत र सफ्टवेयर तथा हार्डवेयरको समिकरण मार्फत नयाँ ईन्टेलिजेन्ट अनुभव पस्किरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here