दशैंमा खल्तीले ल्यायाे दुइ जोडीको लागि माउन्ट एभरेस्टमा ब्रेकफास्ट अफर 

Everest ma Breakfast

कात्तिक  ७, २०७७, काठमाडौं ।

नेपालको लाेकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दशैँको उपलक्ष्यमा खल्तीकाे माध्यमबाट हवाइ टिकट खरिद गर्ने  ग्राहकलाइ हुने गरी खल्तीको डिजिटल खुसियाली: एभरेस्टमा ब्रेकफास्ट अफर ल्याएको छ।

एभरेस्टमा ब्रेकफास्ट अफरमा भाग लिन खल्तीबाट प्लेनको टिकट खरिद गर्दा एक सय रूपैयाँभन्दा बढी भुक्तानी गरे पुग्छ।  यसरी भुक्क्तानी गर्ने मध्ये एक-एक जना गरी दुइ भाग्यशाली बिजेता छानिने छन्।  जति बढी पटक भुक्तानी गरिन्छ, त्यति बढी सम्भावना रहने छ।

दुइ भाग्यशाली बिजेताले आफु र आफ्नोको लागि सगरमाथामा गइ ब्रेकफास्ट गर्ने अवसर पाउने छन् । त्यस प्याकेजमा लुक्ला जान र अाउन दुइ तर्फी प्लेनको टिकट, ट्रेक बारे जानकारी, लुक्ला बाट नाम्चे बजारको ट्रेक, बस्ने व्यवस्था र ब्रेकफास्टकाे सुविधा उपलब्ध हुने छ ।

यस अफरको अन्तिम यही  मङ्सिर ५ गते राति १२ बजेसम्म टिकट किन्नु पर्नेछ । साथै बिजेताको घोषणा ७ दिनपछि खल्तीको औपचारिक फेसबुक पेजमा लाइभमार्फत हुनेछ ।

अन्तिममा यो अफर नेपालमा बस्नेहरु जसको उमेर १८ वर्ष र त्योभन्दा माथि भएकाहरुका लागि मात्र मान्य हुनेछ। यसमा सहभागी हुन कुनै प्रकारको शुल्क लाग्ने छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here