ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शित

Oppo New Designs

२९ मंसिर २०७७, काठमाडौं ।

ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शित साथै सीआईआईडीईमा रेट्रोस्पेक्टिव प्रदर्शनी

अग्रणी स्मार्ट उपकरण कम्पनी, ओपोले चौठौ चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई) मा मानव केन्द्रित डिजाइन अवधारणामा आधारित विभिन्न नयाँ कन्सेप्चुअल डिजाइनहरु प्रदर्शित गरेको छ ।

यी कन्सेप्चुअल डिजाइनहरु अग्रणी जापनिज ईन्डष्ट्रियल डिजाइनिङ स्टुडियो नेन्डोसंगको सहकार्यमा निर्माण गरिएका हुन् । भविस्यका डिजाइन क्षेत्रको अन्वेषणको रुपमा लिइएका यी डिजाइनहरु ओपो र ओकी साटो, नेन्डोका प्रमुख डिजाइनर तथा प्रमुख कार्यकारी अधिकृतसंग नजिकको सहकार्यको नतिजा हुन् ।
प्रदर्शनी अवधिभर ओपोले आफ्ना क्लासिक प्रडक्ट डिजाइनका सिरिजपनि प्रदर्शनीमा राखेको थियो । तिनले ओपोको शुरुवाती अवस्था देखि अपानाइँदै आइरहेका डिजाइन, धातु र अन्तरक्रिया प्रतिबिम्बित गर्दै पृथक अन्तर्दृष्टि समेत प्रस्तुत गरिरहेका थिए ।
चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो चीनमा औद्योगिक डिजाइनमा केन्द्रित राष्ट्रियस्तरको प्रदर्शनी हो । यस बर्षको थिम, “न्यू डिजाइन, न्यू ट्रेण्ड्स, न्यू मोमेन्टम”मा आधारित भई ओपोले आफ्ना शुरुवाती अवस्था देखिका औद्योगिकरुपमै अग्रणी क्लासिक प्रडक्ट डिजाइनहरु बृहत्त प्रदर्शनीमा राखेको थियो ।
सन् २००८मा सौन्दर्यशास्त्रको पूर्ण तालमेल प्राप्ति र नवप्रबर्तनको आफ्नो दिर्घकालिन सोचको प्रतिक तथा यात्राको शुरुवातका रुपमा ओपोले आफ्नो पहिलो स्मार्टफोन, “स्माइली फेस” ए१०३ सार्वजनिक गरेको थियो । पछिल्ला १२ बर्षमा ओपोले नवप्रबर्तनको आफ्नो असिमित यात्रालाई कायम राख्दै विभिन्न नवप्रबर्तनात्मक उत्पादनहरु प्रस्तुत गरिरहेको छ ।
सन् २०१२मा ओपोले प्रयोगकर्तालाई बोक्न सजिलो र सहजता प्रदान गर्ने सोचका साथ डिजाइन गरिएको विश्वकै पातलो फोन फाइन्डर सार्वजनिक गरेको थियो । सन् २०१४ मा फाइन्ड ५ मार्फत २.५डी कभ्र्ड डिजाइन र सन् २०१६मा हिउँले ढाकिएका हिमाली छालसंग प्रेरित हुँदै सुदृढ ग्रिप र लुक्स सहितको फोन उपलब्ध गराउन आर९ सार्वजनिक गर्यो । भरखरै, सन् २०१९मा हालका लागि संसारकै पातलो फाइभजी फोनका रुपमा ओपोले रेनोथ्री पनि सार्वजनिक गरेको थियो ।
ओपोको डिजाइन सफलता अत्याधुनिक क्यामेरा प्रविधिहरुमा पनि प्रष्ट झल्किन्छ । सन् २०१४ मा ओपोले विश्वकै पहिलो मोटोराइज्ड रोटेटिङ क्यामेरा स्मार्टफोन एनथ्री सार्वजनिक गरेको थियो ।
सन् २०१८मा ओपोले स्लाइडिङ डिजाइनको उपयोग गर्दै फोन भित्रबाटै क्यामेरा पप् आउट हुने फुल स्क्रिन डिस्प्ले स्मार्टफोन, फाइन्ड एक्स सार्वजनिक गर्यो । यो नवप्रबर्तनले फ्रन्ट र रियर क्यामेरा र सेन्सर्स लगायत ११ भिन्न घटकको एकिकृत सम्मिश्रण प्रस्तुत गर्दै नतिजा स्वरुप ९३.८% स्क्रिन टू बडी रेसियो प्रस्तुत गर्यो । सन् २०१९ मा ओपोले अझ एक कदम अघि बढ्दै यूनिक पिभोट राइजिङ स्ट्रक्चर सहितको रेनो टेनएक्स जुम सार्वजनिक गर्यो । यसले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ डिजाइन अवधारणाहरुलाई हालसम्म पनि प्रेरित गरिरहेको छ ।
यस बर्षको नोवेम्बर महिनामा ओपो ईन्नो डे २०२० समारोह मार्फत ओपोले आफ्नो नयाँ अन्वेषणका रुपमा मोबाइल फोन फर्म फ्याक्टर्स अन्तर्गत ओपो एक्स २०२१ मार्फत रोलेबल कन्सेप्चुअल ह्याण्डसेट प्रदर्शित गरेको छ ।
कन्सेप्चुअल उपकरण मार्फत प्रदर्शित रोलेबल डिस्प्लेको आकार टोकिएको रेञ्ज भित्र असिमित रुपमा समायोजन गर्न सकिन्छ । यसले भविस्यका उपकरणका लागि नयाँ दृष्टिकोण प्रस्तुत गर्नुका साथै मानवले ती संग कस्तो अन्तरक्रिया गर्छ भन्ने नमुनापनि प्रस्तुत गरेको छ ।
चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पोमा ओपोले अग्रणी जापानिज ईन्डस्ट्रियल डिजाइनिङ स्टूडियो नेन्डोसंगको सहकार्यमा विकासको प्रक्रियामा रहेका “स्लाइड(फोन” र “म्यूजिक(लिंक” कन्सेप्चुअल डिजाइनप्रदर्शित गरेको थियो । स्मार्टफोन प्रयोगकर्ताहरु आफू वरपरका विश्वसंग अन्तरक्रिया गर्न बृहत्तरुपमा स्मार्टफोनमा निर्भर हुन थालेको दूबै कम्पनीको निस्कार्षका आधारमा “स्लाइड(फोन”को सोच विकसित भएको हो । बहुउपयोगी साधनका रुपमा विकसित हुँदै जाने क्रममा यसको आकारमा निरन्तर बृद्धि हुँदै आएको पाइन्छ । यसले गर्दा स्मार्टफोन बोक्न कठिन र यसले प्रदान गर्ने सहजता र सुलभतामा ह्रास आउँदै गएको छ ।
फोनको आकार बढ्दै जानु प्रयोगकर्ताका लागि चिन्ताको विषयका रुपमा रहँदै आएको छ । चिन्ताको निवारण दिने सोचका साथ विकसित “स्लाइड(फोन” अवधारणाको डिजाइनमा एकै दिशामा पट्याउन मिल्ने हिञ्जद्वारा सपोर्ट प्रदान गरिएका तीन ओटा स्क्रिन जडान गरिएका छन् । यसले गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको आकार परिवर्तन गर्न सक्छन् । साथै, यसमा जडित स्टाइलसको माध्यमबाट प्रयोगकर्ताले काम वा अन्य कठिन कार्यका लागि आवश्यकता अनुसार फोनको प्रयोग गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here