अभिएन्ता मन्दिरा श्रेष्ठ ग्लोकल टीन हिरो उपाधिबाट सम्मानित

Glocal Teen Hero Nepal

३० मंसिर २०७७, काठमाडौं ।

ग्लोकलद्वारा आयोजित “ग्लोकल टीन हिरो २०२०”को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन् ।किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम“वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो । आज भएको अन्लाईन कार्यक्रमको बिच ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो। भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, रामेश्वर रे यादबज्यु ले बिजेताको घोष्णा गर्नुभएको थियो। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिएको थियो।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी एकराज घिमिरे, बातावरण विद्स मन्दिरा श्रेष्ठ, स्वास्थ्य अभिएन्ता सरीत काफ्ले, शिक्षिका ससुभाश शर्मा, कोडरस सुलव सुबेदी, नवप्रबर्दक रवैभव नाहटा, उद्द्यमी बीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो ।
सुश्री मन्दिरा श्रेष्ठ रामेछापकी १९ वर्षीया स्वास्थ्य कार्यकर्ताकर्मी एवमं अभिएन्ता हुन्। उनले “युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०” को टीम लीडरको रूपमा काम गरेकी छिन्। उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रिय रुपमा सहभागी भईरहेकी छिन् । त्यस्तै शिक्षामा महिलाको पहुचका लागि काम गर्दै उनी “ट्री पद्ममा चाईल्ड क्लबमा” सामाजिक स्वयम्सेवकको रुपमा काम गरिरहेकी छिन्। स्वास्थ्य क्षेत्रमा कामको अनुभब बटुलदै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन।

देश भरिका किशोर किशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा आज ग्लोकल टीन हिरो उपाधिबाट सम्मानित गरिएको हो। यी किशोर किशोरीहरु समाज सेवा, बाल अधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षण जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालकाकै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्र व्यापी रूपमाआफ्नो कार्य विस्तार गरेको थियो ।हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट दुईजना सम्मनित भएका छन र श्रिलंकामा एक किसोरि सम्मनित भएका छन।वाई वाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोर किशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।

अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता भएको थियो र आजको समरोहमा २०२० को बिजेता घोषणा गरिएको थियो। यस बर्षको निर्णायक टोलीमा श्री अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक),  उज्ज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), श्रीमती रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.), श्री वरुन चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र श्री अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहनु भएको थियो। यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता बिकास कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए।

यस वर्ष प्रतिस्पर्धा विभिन्न स्कूल, कलेज र समुदायहरूमा अन्तर्क्रिरयात्मक सत्रहरू र अनलाइन सक्रियता कार्यक्रम मार्फत किशोर किशोरीहरूमा राष्ट्र व्यापी पुगेको थियो। स्थापनाको वर्षमा, यो काठमाडौं उपत्यका भित्र मात्र सिमित भयता पनि अहिले आवेदनहरू देशका विभिन्न कुनाबाट आएका थिए। देशका विभिन्न स्कूल र कलेजहरूमा सक्रियता र सूचना सत्र सञ्चालन पछि यस वर्ष किशोर किशोरीहरूको लागि कुल अनलाइन पहुँच १०,००,०००ंं रहेको थियो।

किशोरावस्था र उनीहरूको सामाजिक कार्य परियोजनाहरूको राष्ट्रिय मान्यतालाई प्रोत्साहित गर्नु बाहेक, ग्लोकल टीन हीरो अवार्डले युवा नेतृत्व, नवीनता, र देशभर सामाजिक दृष्टिकोणले सकारात्मक प्रभाव पार्ने दिशामा उनीहरूको पाइलाहरू अनुसरण गर्न प्रेरणा दिइरहेका छ् र प्रशस्त अवसरहरूप्रदान गर्दै आएको छ।

वाई वाईग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन २०२० सम्पन्न

ग्लोकलले डिसेम्बर ९, १० र ११ गतेका दिनवाई वाईग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन पनि भव्यताका साथ सम्पन्न भएको थियो। राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्धाहरुलाई बुझ्न किशोर-किशोरीहरुको लागियो एक मौकाको रुपमा आयोजना गरिएको थियो। यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोर-किशोरीहरुको उपस्थिति रहेको थियो । यसब र्षको सम्मेलन ग्लोकलको चौथो संस्करण रहेको थियो भने अफगानिस्थान, भारत, बंगलादेश, इन्डोनेसिया, अमेरिका, श्री लन्का, पाकिशतान तथा भीएतनाम लगाएतका देशहरुबाट उनीहरु सम्मेलनमा अन्लाईन उपस्थिती जनाएका थिए। उक्त सम्मेलनमा किशोर-किशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टा छुट्टै प्यानल छलफल भएको थियो । प्यानल छलफलका विषय उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोण रहेको थियो।

ग्लोकल अन्तरास्ट्रिय टिन सम्मेलन एक त्यस्तो मंचहो जहाँ किशोर-किशोरीहरुले उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोण बारेमा सिक्न सक्छन । मित्रता गास्न र एक अर्काको संस्कृति बझनअन्तरक्रिया कार्यक्रम पनि राखिएको थियो। ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन संसारभरीका किशोर-किशोरीहरु संग सञ्जाल को शुरुवात र विकास को अवसरहरु पहिचान गर्ने अवसर हो। दिगो मित्रता निर्माण र सांस्कृतिक आदान प्रदानका साथै उनीहरूको विचारहरु, दीक्षा, अन्तरदृष्टि, दृष्टिकोण र अनुभव साझा गर्न र विश्व मामिला आधारित प्रभावमा किशोर-किशोरीहरुलाई प्रतिबिम्बित गर्नु पनि यो सम्मेलन को लक्ष्य हो।
सम्मेलनको दौरान बिभिन्न सत्र र प्यानल छलफलका साथै दुई विभिन्न कार्यशालाहरू पनि आयोजना गरिएको थियो।कार्यशाला श्री शौरब लोहानी ज्युद्वारा ग्रोथ माइन्डसेटको बारेमा आयोजना गरिएको थियो जुन किशोर किशोरीहरूलाई उनीहरूको निश्चित मानसिकताबाट मुक्त हुनका लागि र व्यक्तिगत र व्यावसायिक जीवनमा अथाह प्राप्त गर्न मद्दत गर्ने प्रयास हो। त्यस्तै, उद्यमशीलता सम्बन्धी कार्यशालामा अन्ताप्रेरणाका सीईओ तथा संस्थापक श्री नीरज खनाल ज्युबाट उनीहरूले उद्यमी सम्भावना र मानसिकता विकास गर्ने विचार प्राप्त गरे जुन २१ औं शताब्दीको एक आवश्यक सीप हो।

सम्मेलनको एक सबै भन्दा रोमाञ्चक क्षेत्र परामर्शसत्र थियो। सम्मेलनका सहभागीहरूले शिक्षा, उद्यमशीलता, कूटनीति, लगायत नेपालका विभिन्न क्षेत्रका नेताहरू सँग कुराकानी गर्ने अवसर पाएका थिए। परामर्शदातामा सुश्री लतिका गोल्यान, निर्देशक, गोल्यान समूह, श्री नरोत्तम अर्याल, अध्यक्ष, किंग्स कलेज, नेपाल, श्री अमुन थापा, संस्थापक तथा सीईओ सस्तो डिल र सुश्री फैजा परविन, ओपन स्पेस नेटवर्कका संस्थापक, सुश्री सृष्टि के.सी,डब्लु डब्लु यफ नेपालको अभियान र शिक्षा अधिकारी,श्री गौरव कँडेल, संस्थापक,भ्यू योर चोइस,श्री मनोज ज्ञवाली, नाबिल बैंकका उप महाप्रबन्धक,र श्री दीपेन्द्र बज्राचार्य,माइक्रोसफ्टबाट हुनुहुन्थ्यो ।

तीन दिने वाई वाईग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन विभिन्न देशका प्रतिभाशाली किशोर किशोरीहरुको उपस्थिति र उत्पादक अन्तर्क्रिरया, छलफल र प्रेरणादायक परामर्श सत्र सहीत औपचारिक रुपमा सफलता पूर्वक समापन गरीयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here