ओपो रेनोटू एफ असोज २९ गते नेपालमा सार्वजनिक हुने

0
132
Oppo Reno 2F will launch in Nepal on 16th Oct

२७ असोज, कामठमाडौं ।

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक हुने, चार क्यामेराको  सेटअप, ८ जीबी ¥याम, हिडन फिंगर प्रिण्ट अनलक लगायत सुविधा

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गत कोरेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । कम्पनीका अनुसार रेनोटू एफ नेपालमा आश्विन २९ गते, बुधवारका दिन सार्वजनिक गरिने छ । ओपोको सार्वजनिक हुने तयारीमा रहेको रेनोटू एफमा क्वाड क्यामेरा सेटअप, ८ जीबी ¥याम, हिडन फिंगरप्रिण्ट लगायत विभिन्न फिचर्सहरु उपलब्ध रहेका छन् । अत्याधुनिक फिचर्स सुसज्जित हुनुका साथै फोनले अदृतिय फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय सम्म टिक्ने ब्याट्री लगायत सुविधा पनि उपलब्ध गराउँछ । समग्रमा हेर्दा रेनोटू एफले प्रयोगकर्ताका फराकिलो वर्गलाई समेट्ने अनुमान सहजै गर्न सकिन्छ ।

ओपो रेनोटू एफले रेनो सिरिजको रचनात्मकता (क्रिएटिव) जिन आफूमा पनि समेतेको छ । साथै, प्रयोगकर्तालाई परिस्कृत अनुभव प्रदान गर्ने सोचका साथ उपकरणका विभिन्न पक्षमा थप सुधार पनि प्रस्तुत गरिएको छ । सान्सारिक सुन्दरतालाई फरक दृष्टिकोणबाट हेर्न सघाउने माध्यमका रुपमा रहेको ओपो रेनोटू एफले स्मार्टफोनमा मात्र सिमित नरही हत्केला मै अटाउने सहज प्रयोगकर्ता अनुभव, शक्तिशाली रचनात्मक उपकरणका रुपमा समेत काम गर्छ ।

रेनोटू एफका बारेमा संक्षिप्त जानकारी

ओपो रेनोटू एफमा यस पटक कम्पनीले क्वाड (चारओटा) क्यामेराको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन् ।

अहिले फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १÷२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।

ओपो रेनोटू एफले अदृतिय तस्विर खिच्न सघाउनुका साथै यसमा समान भिडियो क्षमता पनि रहेको छ । फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८ एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.०का माध्यमबाट यसले जस्तो सुकै परिस्थितीमा उत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमता पनि उत्तिकै सटिक रहेको छ ।

ब्याट्री ः

ओपोेले गेमर्सका लागि ब्याट्रीको महत्वका बारेमा पनि रेनोटू एफमा उत्तिकै ध्यान दिएको छ । यस कुरालाई विशेष दृष्टिगत गर्दै कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्था पनि रहेको छ । यसले चलायामन नरहेको अवस्थामा स्वचालित रुपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाव पु¥याउँछ ।

गेमर्सले अब मोबाइलमा आधा चार्ज बाँकी रहँदा खेललाई निरन्तरता दिनुपर्दा झेल्नुपर्ने तनावबाट मुक्ति पाउने छन् । कम्पनीले यसको समाधानका रुपमा फोनमा भोक फ्ल्याशचार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्ष रुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१% चार्ज गर्ने क्षमता राख्छ ।

त्यसैगरीः

त्यसैगरी, प्रयोगकर्तालाई उत्कृष्टताको अनुभव प्रदान गर्न स्मार्टफोनमा ८ जीबी ¥याम र दरिलो सुरक्षार्थ यसमा हिडन फिंगर प्रिण्ट अनलक प्रणालीको ब्यवस्था पनि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here