ओपोद्वारा नेपालमा ए-सिरिज २०२० सार्वजनिक

0
193
OPPO Officially Releases A-Series 2020 in Nepal, Combining High Quality and Affordability

आश्विन ६, २०७६, काठमाडौं ।

विश्वव्यापीरुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा ओपो ए सिरिज २०२० असोज ६ गते आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।

ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यम वर्गिय स्मार्टफोन बजारका लागि ब्राण्डको नयाँ भेँट हो ।

उच्च गुणस्तर र मितव्ययी मूल्यको समायोजनका साथै, उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्रीका साथमा ए सिरिज जेनरेशन जी युवाका लागि अपरिहार्य उपकरणका रुपमा रहिरहने देखिन्छ ।

“नयाँ दशकको शुरुवातको महोत्सवका रुपमा हामीले यी दूई ह्याण्डसेटलाई ओपो ए सिरिज २०२० नाम दिएका छौँ । साथै, पछिल्लो दशकमा ए सिरिजले प्राप्त गरेको सफलता मनाउने र नयाँ पुस्ताका मोबाइल प्रयोगकर्तालाई स्वागत गर्नु पनि यसको मूल उद्देश्य हो ।”,

ओपो नेपालका कार्यकारी अधिकृत बबी ट्राओले भने, “नयाँ नामले आउने दशकका लागि हाम्रो भिजनको प्रतिनिधित्व पनि गर्छ । यसले ब्राण्डका अत्याधुनिक प्रविधिहरु, आकर्षक डिजाइन, उत्कृष्ट फोटोग्राफी, शक्तिशाली कार्यक्षमताको प्रतिनिधित्व गर्नुका साथै अझ सटिक रुपमा नयाँ पुस्ताका मागको सम्बोधन पनि गर्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here