असोज ९, २०७७, काठमाडौं ।
ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १७ प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले असोज ११ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइनलञ्च ईभेन्ट मार्फत एफ १७ प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।
लाइभलञ्च ईभेन्टमा नेपाली चलचित्र जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतको उपस्थिती रहनेछ ।
लामो समय देखि कम्पनीले एफसिरिज मार्फत उपभोक्तालाई स्टेट(अफ(आर्ट प्रविधि पस्कँदै आइरहेको छ । यसले गर्दा एफ सिरिजलाई उपभोक्ताहरुले सुरुवाती दिन देखि नै औधि रुचाइरहेका छन् । अग्रगामी सोच सहितका डिजाइन मार्फत ओपोले उपभोक्तालाई प्रविधि मार्फत नीजिकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्ने तिर केन्द्रित रहँदै आइरहेको छ । एफ १७ सिरिज मार्फत यसलाई निरन्तरता दिँदै विशेष गरी ट्रेण्डसेटर्स यूवाहरुका लागि एफसिरिजको नयाँ समिकरण ओपो एफ १७ प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३० वाट भोक फ्ल्याशचार्ज ४.० का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवलमिनी डुअल पञ्चहोल डिस्प्ले र नवप्रबर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध गरिएको छ ।
क्यामेराः
एफ १७ प्रो मा ६ एआई पोटे«ट फञ्सन्स र अल्ट्रा स्टिडी भिडियो प्रविधिका साथमा ६ ओटा पोट्रेट क्यामेरा जडान गरिएका छन् । यसले प्रयोगकर्ताका सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरिय बनाउन सघाउँछ । यसको एआई पावर्ड प्रोफेशनल शट्सले सबैलाई आकर्षित बनाउनुका साथै फेशनेवल प्रविधिले प्रयोगकर्तालाई अत्यधिक सहजता समेत प्रदान गर्छ ।
अल्ट्रा स्लिकफोनः
ओपो एफ १७ प्रो मा अल्ट्रा स्लिक बडीका साथमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ । फेशनेवलमिनी डुअल पञ्चहोल डिस्प्लेका साथमा आउने यो फोनमा नवप्रबर्तनात्मक शाइनी म्याट रंगहरुको प्रयोग गरिएको छ । मोटाई जम्मा ७.४८ ग्राम सहितको ओपो एफ १७ प्रो को वजन १६४ ग्राम रहेको छ । २२० डिग्री राउण्डेड एड्ज सहितको यो फोनमा राउन्डेड एड्ज डिजाइनको प्रयोग गरिएको छ । यसले गर्दा फोन बोक्दा स्मूथ र आरामदायी अनुभव हुन्छ ।
डिस्प्लेः
एफ १७ प्रो को डिस्प्ले २०ः९ रेसियोमा सेट गरिएको छ । यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोग मार्फत गर्न सकिन्छ । ६.४३ ईञ्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पञ्चहोल्स रहेको यो फोनमा ९०.७% स्क्रिन टू बडी रेसियो छ ।
३० वाट भोक फ्ल्याशचार्ज ४.०
एफ १७ प्रो मा कम्पनीले मात्र ५३ मिनेट भित्र पूर्ण चार्ज हुने क्षमता सहितको ३० वाट भोक फ्ल्याशचार्ज ४.० उपलब्ध गराएको छ । यो प्रविधि बाट चार्जिङ मात्र तिब्र गतिमा हुने नभइ चार्जिङको समयमा फोन तात्ने समस्या पनि न्यूनिकरण ल्याउँछ । यसमा रहेको ४००० एमएएच ब्याट्री मात्र ३० मिनेटको समयमा ७४% चार्ज हुन्छ । त्यसैगरी, यो प्रविधिले अब ५ मिनेट चार्ज गर्दा उपभोक्तालाई ४ घण्टा सम्मको टक टाइम पनि उपलब्ध गराउँछ ।
टप फोन मेटेरियल ट्रेण्ड
ओपो एफ १७ प्रो को निर्माणका लागि छुँदा नरम र हेर्दा आकर्षक शाइनी म्याट रंगको प्रयोग गरिएको छ । फिंगरप्रिन्टको समस्या समाधान गर्दै फिंगरप्रिन्ट पु्रफफिनिश दिँदै फोनलाई उच्च कोटीको प्रिमियम ईफेक्ट दिन यसमा नयाँ अप्टिकल कोटिङ प्रविधिको प्रयोग गरि पृथकशाइनी म्याट कलरको प्रयोग गरिएको छ । उपभोक्ताको ब्यक्तित्व तथा स्टाइल झल्काउन रंगले ठूलो भूमिका खेल्छ भन्ने ओपोको विश्वास छ । यही कुरालाई दृष्टिगत गर्दै एफ १७ प्रो कम्पनीले दूई आकर्षक रंग म्याट ब्ल्याक र म्याजिकब्ल्यू रंगमा सार्वजनिक गर्ने तयारी गरेको छ ।