८००० एसएमईहरू दराज सहयात्री कार्यक्रम मार्फत अनलाइन सर्न सफल

Daraz Seller Sahayatri

असोज  ९, २०७७, काठमाडौं ।

साना  र मध्यम आकारका उद्यमहरूलाइ (एसएमई) समर्थन गर्न सुरु गरिएको दराजको सहयात्री कार्यक्रममा सहभागी हुन ८००० भन्दा बढी एसएमईहरुले दर्ता गरेका थिए । ति मद्धे २१०० भन्दा बढी एसएमईहरु दराज मार्फत व्यवसाय सन्चालन गर्न सफल भएका छन्भने अरु सन्चालनमा आउने प्रक्रियामा छन्।

कार्यक्रम अन्तर्गत, दराजले चार महिनाको कमिसन शुल्क हटाई विक्रेताहरुलाई देश भरिका ७ लाख भन्दा बढी ग्राहकहरु सम्म निशुल्क पहुँच प्रदान गर्यो र लगभग रु ५५ लाखको आर्थीक सहायता प्रदान गरेको थियो।

यस बाहेक, दराजले एसएमईहरुलाई निःशुल्क व्यवसाय परामर्श, र दराज युनिभर्सिटि मार्फत इकमर्स शिक्षा र प्रशिक्षण प्रदान गरेको थियो।

सहयात्री मार्फत हामीले जतिपनि सहयोग पुराउन सकेको छौँ त्यस प्रति हामी खुसी छौं तर अझै धेरै कुराहरु गर्न बाँकी छन् । एसएमई क्षेत्रलाई अझै बढी सहयोगको आवश्यकता छ र हामी साना व्यवसायहरुको सशक्तिकरणको कार्य जारी राख्ने छौं,” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने ।

सहयात्री कार्यक्रमले “डिजिटल युगमा व्यापार गर्न सजिलो बनाउने” दराजको मिशनलाइ पूर्ण समर्थन गर्दछ । अहिले दराजमा ६००० भन्दा बढी विक्रेताहरूको बढ्दो समुदाय रहेको छ र ५लाखभन्दा बढी उत्पादनहरू उपलब्ध छन् । यी नयाँ विक्रेताहरू अब दराज शप उत्सवको लागि तयारी गरिरहेका छ न्जसमा दराजका सबैभन्दा ठुला सेल अभियानहरु : दशैंधामाका, ११.११ र १२.१२ समावेश छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here