ओपोको एफएफटी संग सहकार्यका लागि सम्झौता

Roland-Garros and of the Rolex Paris Masters

६ जेठ, काठमाडौं ।

ओपोले फ्रेञ्च टेनिस फेडरेसन (एफएफटी)संग सहकार्यका लागि सम्झौता गरेको छ । यस संगैओपो अब तीनबर्ष (२०१९–२०२१)का लागिविश्व प्रसिद्ध रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर र आधिकारिक स्मार्टफोन बनेको छ । अग्रणी स्मार्ट उपकरण ब्राण्ड अब रोल्याण्ड गार्रोसको पहिलो चिनियाँ पार्टनर बनेको छ । इमिरेट्स, लेकोस्ट, पज्यो र रोलेक्सका साथमा प्रिमियम पार्टनरका रुपमा ओपो, स्मार्टफोन उद्योग बाटै रोल्याण्ड गार्रोसको पहिलो पार्टनर हुनुका साथै पहिलो चिनिया प्राविधिक ब्राण्ड पनि हो ।

ओपोका उपाध्यक्ष ब्रायन शेनले भने, ‘ऐतिहासिक रोल्याण्ड–गार्रोसको प्रिमियम पार्टनर बन्न पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ । २०१९ रोल्याण्ड गार्रोस टूर्नामेन्टका साथमा हामी यस गरिमामय टेनिस टूर्नामेन्ट संगको सहयात्राको सुरुवात गर्नेछौँ । यस सहकार्यले प्रिमियर टेनिस टूर्नामेन्टको लोकप्रियतामाअझ ब्यापकता ल्याउनुका साथै ओपो ब्राण्डलाई पनिअझ बढी उपभोक्ता सम्म पुग्न सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

एफएफटीका अध्यक्ष बर्नाड ज्युज चेलीले भने,‘रोल्याण्ड गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको पहिलो चिनिया पार्टनरका रुपमाओपोको स्वागतगर्न पाउँदा हामी निकै हर्षित छौँ । यो संयुक्त सम्झौता वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्डको विश्वासको सटिक प्रदर्शनीहो । नवप्रबर्तनको सिद्धान्तमा आधारित यो सम्झौता एफएफटीको प्रभाव बढाउन र चीन जस्तो प्रमुख वैश्विक बजारमाआफ्नो उपस्थिती थप दरिलो बनाउने अन्तरराष्ट्रिय रणनीतिसंग मेल खाँदो छ ।’

यो पार्टनरसिप मार्फत ओपो र रोल्याण्ड गार्रोसले ब्राण्ड सजगता, भिडियो कन्टेन्ट उत्पादन, यूवा प्रतिभा विकास र प्रविधि तथा उत्पादनअनुभव लगायत क्षेत्रमा उल्लेख्य सहकार्य गर्नेछ । ओपोको प्रिमियम स्मार्टफोनहरु, फाईन्ड एक्स र रेनोको प्रयोग मार्फत रोल्याण्ड गार्रोसका विशेष पलहरु कैद गरी स्टेडियममा फोटो ग्यालरीका रुपमा प्रदर्शित गरिनेछ ।भविष्यमा ओपोले रोल्याण्ड गार्रोसमा अनसाइटरुपमै,विशेष ओपो जोन खडा गरी विश्वभरका टेनिस फ्यानलाई आफ्ना नयाँ उत्पदन तथा प्राविधिक नवप्रबर्तनहरु प्रत्यक्षअनुभव गर्ने अवसर प्रदान गर्नेछ । यूवा प्रतिभाहरु लाई अवसर र प्रेरणा प्रदान गर्ने ओपोको प्रतिबद्धता अनुसार ओपो ‘जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपो’को टाइटल स्पोन्सरका रुपमा पनि आवद्ध भएको छ । यसले चीन, भारत र ब्राजिलका उदयिमान यूवा एथ्लेट्सलाई टूर्नामेन्ट सम्मपुग्न सघाउने छ ।

‘यूरोपमा सर्वाधिक लोकप्रिय खेलका रुपमा रहेको टेनिसकालागि कडा एथ्लेटिसिजम मात्र नभइ सुन्दरता र कलात्मकताको पनि आवश्यकता पर्छ । ओपोको आफ्नो उत्पादन प्रतिको सिद्धान्तसंग यो मिल्दो जुल्दो छ ।’, ब्रायन शेनले भने ‘ रोल्याण्ड गार्रोससंगको यो पार्टनरशिपले संयुक्त भिजन प्रतिबिम्बित गर्नुका साथै हाम्रो यूरोपमा अझ फराकिलो रुपमा उपभोक्तासंग सटिक सम्वाद र सम्बन्ध स्थापितगर्न सघाउनेमा हामी विश्वस्त छौँ ।’

एक वैश्विक ब्राण्डका रुपमा ओपोको यूरोपसंग बलियो प्रतिबद्धता रहेको छ । रोल्याण्ड गार्रोस संगको यो सहकार्यले स्पोर्ट्स पार्टनरशिप मार्फत ओपोको प्रतिबद्धतालाई थप दरिलो तरिकाले प्रस्तुतगर्न सघाएको छ । रोल्याण्ड गार्रोससंगको यो सहकार्यका साथै विम्बलडन, एफसी बार्सिलोना र ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले ओपोको यूरोपियन बजारमा बलियो लगानीको महत्व दर्साउँछ । आफ्नो रणनीति ‘ईन यूरोप, फर ग्लोबल’लाई आधार मान्दै यूरोपियन बजारमा आफ्नो ब्यवसाय बृद्धि गर्दै थप नवप्रबर्तनात्मक उत्पादन तथा सेवाहरु यस क्षेत्र र विश्वभरका उपभोक्ता माझ पस्कन प्रतिबद्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here