नेपालमा ओप्पो ए-७७ र ए-५७ सार्वजनिक हुँदै

Oppo A77 in Nepal

२७ असार २०७९, काठमाडौं

विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने घोषणा गरेकोे छ ।

.यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ छन् । यी फोनहरुको कार्यक्षमता मनोरञ्जन का साथै उत्कृष्ट फोटोग्राफीका लागि बेजोड छन् ।

ओप्पो ए – सिरिजहरू ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरू हुन् । यो सिरीजमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरीजकोे तुलनामा केही सुधारहरू गरिएका छन् ।

यसमा प्रिमियम टुडी ९द्दम्० डिजाईन र फ्ल्यागशिप मोडलहरूबाट ट्रिकल–डाउन टेक्नोलोजी प्रयोग गरेको छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो ।

यस मोडेलहरुमा भरपर्दो गुणस्तर र गोपनीयता संरक्षण गर्ने सफ्टेवेयरहश्र पनि राखिएको छ ।

कम्पनीले नेपालमा ओप्पो ए७७ र ओप्पो ए५७ को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन, यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुनेछ ।

कम्पनीले चाँडै सोसल मिडिया ह्यान्डलहरू मार्फत यसको फिचर्स र स्पेकहरुको बारेमा जानकारी दिनेछ ।

यसको मोडेलहरुको बारेमा थप जानकारीको लागि ओप्पो नेपालको अफिसियल सोसल मिडिया ह्यान्डल फलो गर्नुहोला ।

ओप्पोको बारेमा:

ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट उपकरण ब्रान्ड हो । सन् २००८ मा आफ्नो पहिलो मोबाइल फोन – “स्माइली फेस” लन्च गरेदेखि नै, ओप्पो सौन्दर्य सन्तुष्टि र नवीन प्रविधिको उत्तम समन्वयको लागि बजारमा विभिन्न स्मार्ट उपकरणहरु ल्याईरहेका छन् ।

आज, ओप्पोले फाइन्ड एक्स र रेनो सिरिजको नेतृत्वका साथ रहेका स्मार्ट उपकरणहरू बाहेक कलरओएस अपरेटिङ सिस्टम, ओप्पो कलाउड र ओप्पो+ जस्ता इन्टरनेट सेवाहरू पनि ओप्पोद्वारा उपलब्ध गराइएको छ ।

ओप्पो ६० भन्दा बढी देश र क्षेत्रहरूमा सक्रिय छन् र ओप्पोका ४०,००० भन्दा बढी कर्मचारीहरू विश्वभरका ग्राहकहरूको लागि राम्रो जीवन सिर्जना गर्न समर्पित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here