प्रविधिको कुम्भ मेला सुविसु क्यान इन्फोटेक २०१६ शुभारम्भ

Share It On:

काठमाडौं । 

प्रविधिको कुम्भमेला सुविसु क्यान इन्फोटेक २०१६ शुभारम्भ, पहिलो दिन ३९ हजार एक सय ७७ जना अवलोकनकर्ता

सूचना तथा संचार प्रविधिको कुम्भमेला क्यान इन्फोटेक २०१६ राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ । ई–नेपाल निर्माणलाई मध्यनजर गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको ईन्फोटेकको यो २२ औं संस्करणको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभयो ।

समुद्घाटन कार्यक्रममा मन्तब्य व्यक्त गर्नु हुदै प्रधानमन्त्री ओलीले नेपालमा सूचना प्रविधीको विकास र विस्तारमा क्यान महासंघको भूमिकाको प्रशंसा गर्नुहुदै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न सुझाव दिनु भयो । सरकारले आधुनिक विज्ञान प्रविधिलाई प्राथमिकतामा राखेको बताउनु हुदै प्रधानमन्त्री ओलीले नेपाललाई अगाडि बढाउन विज्ञान प्रविधिलाई महत्वका साथ अगाडि बढाउन सरकार संकल्पित रहेको दृढता समेत व्यक्त गर्नुभयो ।

‘राज्यका संयन्त्र इ–गभर्नेन्सतिर, डिजिटलतिर नगई धरै छैन, हामी जस्तो अवस्थामा छौं त्यस्तो अवस्थामा हुने छैनौं,’ उहाँले भन्नुभयो । “हामी इ–गभर्नेन्समा जानुपर्छ, अझैपनि रुखमा बसेर काग कराएको बेला शुभ बोल शुभ बोलको मानसिकता छ ।” उहाँले भन्नुभयो । अब नेपाललाई सुचनाप्रविधिको युगमा लानुपर्छ त्यसका लागि सरकारले के गर्नुपर्छ सुझाव पनि दिनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्तब्य व्यक्त गर्नुहुँदै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष ई. विनोद ढकालले सूचना तथा संचार प्रविधि ग्रामीण भेक सम्म नपु¥याएर ई–नेपालको परिकल्पना साकार नहुने धारणा राख्नुभयो । प्रविधिको प्रयोग विना कुनै काम गर्न सम्भव नहुने भएकाले सूचना तथा संचार प्रविधिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने वताउनु भयो । “यदि नेपाल सरकारको सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउने हो भने आजको ५ वर्षमा हामी ई–नेपाल बनाउन सक्छौं ।” अध्यक्ष ढकालले भन्नु भयो । सूचना तथा संचार प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न जरुरी रहेको भन्दै उहाँले त्यसका लागि क्यान महासंघ जुनसुकै परिस्थितिमा पनि सरकारसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको वताउनु भयो । कार्यक्रममा शिर्ष प्रायोजन गरेको सुबिसु केवलनेट प्रालीका अध्यक्ष सुधिर शर्माले प्रविधिको जानकारी दिने मेलामा प्रायोजन गर्न पाउँदा खुशी लागेको बताउनु भएको थियो ।

कार्यक्रममा जनसंख्या तथा वातारण मन्त्री विश्वेन्द्र पासवान, सुचना तथा सञ्चार मन्त्री शेरधन राई, विज्ञान प्रविधि मन्त्री शिवलाल थापा, उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, चेम्वर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल, सूचना तथा सञ्चार विभागका महानिर्देशक विरेन्द्र कुमार मिश्र, शिर्ष प्रायोजक सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुली, क्यान महासंघका संस्थापक अध्यक्ष विमल कुमार शर्मा लगायतको सहभागि हुनुहुन्थ्यो ।

करिव ४ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको प्रदर्शनीमा विशेष गरी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज तथा उच्च गतिको इन्टरनेट सेवा, टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुको आकर्षक अफर रहेको छ । त्यस्तै बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियत र स्किमका साथ उपलब्ध छन् । मेलामा नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट, सफ्टवेयरहरुमा नयाँ संस्करणसहितको अपडेट मोडल उपलब्ध हुनका साथै नयाँ कम्पनी तथा उत्पादनहरु समेत भित्र्याएका छन ।

साथै प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई.सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । इन्फोटेकमा जम्मा १८८ स्टलहरु रहेका छन् भने ११२ वटा कम्पनी सहभागि छन ।

क्यान ईन्फोटेकको यस २२औं संस्करणको शिर्ष प्रायोजन सुबिसु केबलनेटले गरेको छ भने एशोसिएट स्पोन्सर हुवावेले प्रायोजन गरेको छ । “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” को प्लाटिनम स्पोन्सर– भायनेट, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– वल्र्ड लिङ्क तथा आईटेल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर र स्टार अफिस ईन्टरनेशनल छन् भने प्रिन्ट स्पोन्सरमा– क्यानन् बाई आई. ई. सि. रहेको महासचिव बिश्वराम बलामीले जानकारी दिनु भयो ।

अफिसियलहरुमा बैंक– सेन्चुरी बैंक, टिभी– माउन्टेन टेलिभिजन, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, नेपाली आईटी म्यागेजिन– लिभिङ्ग वीथ आई.सी.टी., अंग्रेजी आईटी म्यागेजिन– पि.सी.ईन्फो, लाईफस्टाईल एण्ड टेक म्यागेजिन– म्युज, वेव न्युज– हाम्राकुरा डटकम, र एस.एम.एस.मा– स्प्यारो एस.एम.एस., स.सि.टि.भि.– ग्याजेड्स एण्ड गिजमोस ट्रेडर्स र ईस्ट्रिमिङ पार्टनर– स्टर नेट प्रा.लि रहेका छन् ।

इन्फोटेक अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १००/– र विद्यार्थीहरुलाई रु ५०/– तोकिएको छ । माघ १७ गते आईतबारलाई ‘विजनेश डे’ को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क रु १००/– तोकिएको छ । ईन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यस्तै अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट प्रदान गरिएको छ ।

प्रदर्शनीस्थलको सुरक्षालाई ध्यानमा राखि प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट एकमुष्ठ बीमाको व्यवस्था गरिएको छ । प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट क्यामेराको निगरानीमा रहने छ भने सुरक्षा गार्ड र स्वयंसेवकको तर्फबाट आवश्यक सेवा र सहयोग उपलब्ध गराउने ब्यवस्था मिलाईएको छ ।

सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावेको यस संस्करणको अफिसियल बैक सेन्चुरी बैंकले “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” को टिकट काउन्टरको व्यवस्थापन समेत गरेको छ । साथै सेन्चुरी बैंककोे ए.टि.एम. सुबिधा समेत प्रदर्शनी स्थलमा रहेकोले अवलोकन कर्ताहरुलाई पैसा बोक्ने झन्झट कम हुनेछ । ईन्फोटेक आगामी माघ २० गतेसम्म संचालन हुनेछ ।


Share It On: