नेपालमा वानप्लस रिलन्च गर्दै क्रेटोस टेक्नोलोजिज्

Oneplus Mobile Price

२४ मंसिर २०७७, काठमाडौं ।

स्मार्टफोन जगत्कै सार्बधिक सफल ब्राण्डको रुपमा लिईने वानप्लस नेपाली बजारमा रिलन्च हुने भएको छ । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एटप्रो का साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाईभ जी र वानप्लस नोर्ड एनटेन फाईभ जि समेत नेपाली बजारमाआउने भएको हो ।

वानप्लसका लागि आधिकारीक विक्रेताको रुपमा तोकिएको क्रेटोस टेक्नोलोजिज् प्रा. लि. मार्फत आगामी मंसिर २९ गतेबाट नेपाली बजारमा उल्लेख गरिएका तिन मोडल उपलब्ध हुनेछन् ।

गत बर्ष वानप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथमा आफ्ना नयाँ स्मार्टफोन बजारमा ल्याए सँगै वानप्लसका उपभोक्ताको आकर्षण उल्लेख्य रुपमा बढेको थियो भने यस बर्ष फाईभ जि प्रविधी र थप उत्कृष्ठ डिस्प्लेका माध्यमबाट वानप्लसले आफ्ना प्रयोगकर्तालाई फाष्ट एण्ड स्मूथ अनूभूती दिलाउन थप सफल रहने विश्वास लिएको छ ।

नेपाली उपभोक्ता माझ निक्कै लोकप्रिय रहेको वानप्लसले क्रेटोस टेक्नोलोजिज् प्रा. लि. लाई नेपालका लागि आधिकारीक विक्रेता नियुक्त गरे सँगै नेपाली बजारमा वानप्लसले सफलताको नयाँ उचाई हाँसिल गर्ने विश्वास गरेको छ । क्रेटोस टेक्नोलोजिज्को देश ब्यापी वलियो वितरण संजाल र प्रतिबद्ध विक्री पश्चातको सेवाका माध्यमबाट वानप्लसका उपभोक्ताले थप लाभ हाँसिल गर्न सक्ने अवस्थाको विकास भएको छ ।

२०७७ साल मंसिर २४ गतेबाट प्रि–वुकिङ्ग शुरु गरिएको वानप्लसका तिनै मोडलका स्मार्टफोनहरु क्रेटोस टेक्नोलोजिज् प्रा. लि. ले मंसिर २९ गते देखि बजारमा ल्याउनेछ भने सोहि दिनबाट प्रि–वुकिङ्ग कर्ताले डेलिभरी प्राप्तगर्न शुरु गर्नेछन् । अनलाईन प्लेटफर्म दराज तथा सस्तोडिल तथा क्रेटोस टेक्नोलोजिज्का देशभर छरिएर रहेका रिटेल स्टोर मार्फत वानप्लसको प्रि–वुकिङ्ग गर्न सकिनेछ ।

यसरी प्रि–वुकिङ्गगर्ने ग्राहक मध्ये यसको फ्ल्यागसिप मोडल वानप्लस एटप्रोका ग्राहकहरुले एक बर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा वानप्लस कम्यूनिटी डिस्काउन्ट कार्ड समेत प्राप्त गर्न सक्नेछन् ।

OnePlus Phones Price

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here