मनकामना केवल कारकाे टिकट ‘खल्ती’ बाटै किन्न सकिने 

Manakamana Cable Car and Khalti

२३ मंसिर २०७७, काठमाडौं ।

मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारकाे टिकट मोबाइलमा ‘खल्ती’ डिजिटल वालेट एप हाली तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी मनकामना केवलकारसँग सम्झाैता गरेकाे छ ।

खल्तीका ग्राहकले खल्ती डटकम वेब पेज वा माेबाइल एपमा रहेकाे मनकामना केवलकारकाे मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यसरी शुल्क भुक्तानी गरेपछि ग्राहकलाइ माेबाइलमै इ-टिकट प्राप्त हुने छ ।

त्यही टिकट देखाएर ग्राहकले केबुलकारमा यात्रा गर्न सक्नेछन् । खल्तीबाट टिकट शुल्क भुक्तानी गर्न सकिने भएपछि ग्राहकहरू लामाे लाइन बस्नु पर्ने झन्झटबाट मुक्त हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here