आइएमई ग्रुपले भूकम्प प्रभावितलाइ एक करोड पचास लाख सहयोग रकम प्रदान गर्ने

IME Foundation

१९ कात्तिक, काठमाडौँ ।

ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख नगद सहयोग रकम प्रदान गर्ने भएको छ ।

जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्नेछ  ।

शुक्रवार राती कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा  ठुलो जनधनको क्षति भएको छ ।

सो क्षेत्रमा आइएमई ग्रुप तथा  आइएमई फाउन्डेसनले स्थानीय प्रशासन सँगको समन्वयमा थप राहत सहयोग  समेत उपलब्ध गराउने छन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले महाभूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि  हर सम्भव सहयोगका लागि जुटेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here