वन कभर र लिबर्टी कलेजबीच साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्ने समझदारी

One Cover Private Limited And Liberty
Share It On:

 २४ साउन, काठमाडौं । 

वन कभर प्राइभेट लिमिटेड र ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा रहेको लिबर्टी कलेजले साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

One Cover Private Limited And Liberty College

लिबर्टी कलेज ग्लोबल कलेजको एक मात्र स्वामित्व र व्यवस्थापनमा रहेको छ । र, यसले पोखरा विश्वविद्यालयसँग सम्बद्ध बीसीएसआईटीबाट आईटी कार्यक्रम सुरु गरेको छ ।

वन कभरको तर्फबाट सीईओ चिरञ्जीवी अधिकारी र लिबर्टी कलेजको तर्फबाट यसको मातृ कम्पनीसमेत रहेको ग्लोबल कलेजका शैक्षिक निर्देशक डा. देवराज पनेरूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा लिबर्टी कलेजका कार्यकारी निर्देशक नवराज भण्डारी, प्रिन्सिपल प्रदीप पराजुली, आईटीको शैक्षिक प्रमुख डा. समीर खरेललगायतका प्रतिनिधि उपस्थित थिए ।

यसरी सहकार्य गर्नुको उद्देश्य कलेजमा साइबर सुरक्षाको विषयमा विद्यार्थीलाई जागरुक बनाउनु रहेको कलेजले बताएको छ । यसले विद्यार्थी र समुदायका लागि सुरक्षित डिजिटल वातावरण प्रदान गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

One Cover Private Limited And Liberty College


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *