नेपाल टेलिकमको एनटीटीभी एपको परीक्षण सञ्चालन सुरु

NTTV App

२७ जेठ २०७९, काठमाडौं ।

नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर (Free-to-air) टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण शुरु गरेको छ ।

सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइड (Android) को प्ले स्टोर (Play Store) तथा एप्पल (Apple) को एप स्टोर (App Store) मा उपलब्ध गराइएको छ ।

उक्त एपमार्फत एन्ड्रोइड र IOS का मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने छ ।

यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ ।

यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ । यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ ।

एपमा भएका च्यानलहरु हेरेवापत हाल छुट्टै शुल्क तिर्नु पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here