१४ जेठ, काठमाडौं ।
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई गणतन्त्र दिवस २०८० को अवसरमा गणतन्त्र विशेष अफर ल्याएको छ ।
यस अफर अन्तर्गत नेपाल टेलिकमले एक दिनको लागी मात्र ४९ रुपैयाँमा १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमको नेटवर्क भित्र १०० मिनेट भ्वाइस सेवा उपलब्ध हुनेछ।
त्यस्तै तीन दिनको लागि ९८ रुपैयाँमा ६ जीबी डेटा, सात दिनको लागि १९९ रुपैयाँमा १३ जीबी डेटा, १० दिनको लागि २९४ रुपैयाँमा २० जीबी डेटा र १५ दिनको लागि ३९९ रुपैयाँमा ३० जीबी डेटा प्याक लिन सकिन्छ ।
यो अफर नेपाल टेलिकमको बिशेष गणतन्त्र अफर भएको कारण आज जेष्ठ १४ देखि जेष्ठ १६ गते सम्म मात्र लागु हुनेछ ।
यो सेवा सुचारू गर्न *१४१५*११# डायल अथवा NT Mobile App प्रयोग गर्न सकिन्छ।
#NepalTelecom #NT #Offer #ganatantradiwas