नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

NRB takes action against 3 commercial banks
Rastra Bank Takes Action Against Three Banks for Rule Violations

२२ साउन, काठमाडौं ।

नियम उलंघन गर्ने विभिन्न तीन वाणिज्य बैंकहरु नियामक निकाय नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन् । कारवाहीमा पर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही रहेका छन् । प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा/निक्षेप अनुपात कायम नगरेकोमा केन्द्रीय बैंकले कारबाही गरेको हो।

राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको र इ.प्रा.नं.१५/०७९को व्यवस्था विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराईएको निर्देशन उल्लेख गरिएकाे छ ।

त्यसैगरी कुमारी बैंकले २०७९ माघ महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेको ५९ लाख ६३ हजार ६९४.२२ रुपैयाँ जरिवाना गरिएको छ।हिमालयन बैंकलाई पनि २०७९ कात्तिक महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेकोमा १ करोड ३९ लाख ४७ हजार २८.२४ रुपैयाँ जरिवाना गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here