पोखरामा एन्पिनोग (npNOG) सूचना प्रविधि कार्यशाला शुरु

npnog workshop kaski

७ माघ २०७९, काठमाडौं।

नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले यही माघ ८ देखि १० सम्म “npNOG-7” नामक ३-दिने कार्यशाला पोखराको होटेल बाराहीमा आज बाट शुरु भएको छ ।

उक्त कार्यशालामा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक विज्ञहरूबाट दुई बिषयगत क्षेत्रमा तालिम संचालन हुनेछ ।

Internet Exchange Nepal (NPIX) तथा Nepal Network Operators Group (NPNOG) ले संयुक्त रुपमा संचालन गर्ने उक्त कार्यशालाका बिषयहरु 1) Network Administration र 2) System Administration रहेका छन् ।

उक्त तालिम कार्यक्रममा सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत करीब ७५ जनाले भाग लिइरहेका छन् । NPNOG कार्यक्रम बर्षको दुई पटक गरिने गरिन्छ र सो मध्य एक काठमाडौंमा र अर्को काठमाडौं बाहिर गरिने गरिएको छ साथै देशको लागि सक्षम ब्यवसायिक प्रावधिक जनशक्ति तयार गर्नेमा NPNOG को भुमिका सधै उच्च रहदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here