एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट
४ जेठ, काठमाडौं।
एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ ।
यस सहकार्यसँगै ग्राहकहरूले अब मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।ग्राहकहरूले ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवाहरू र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने सक्नेछन् ।
साथै, आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि उपलब्ध हुनेछ ।
ग्राहकहरूको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै एनएमबि बैंकले बैंकिङ सेवाभन्दा बाहिर पनि ग्राहकहरूलाई थपसुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य अघि बढाएको हो ।
यो सुविधा र छुटबारे थप विस्तृत विवरण बुझ्न चाहने ग्राहकहरूले एनएमबि बैंकको ग्राहक सेवा केन्द्रको नम्बर ०१–५९७०१५० मा सम्पर्क गर्न वा इमेल मार्फत जानकारी लिन सक्नेछन्।
एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना १९८ शाखाहरू, १७६ वटा एटिएम (ATM) र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत ग्राहकहरूलाई उच्चस्तरीय एवं अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
For More:-NMB Bank Medanta Discount


