एनएमबि बैंकको इभी अटो कर्जा: बेसरेट + ०.५ प्रतिशतमा नयाँ विद्युतीय सवारी साधन
२६ साउन, काठमाडौं।
एनएमबि बैंक लिमिटेडले नाइमा (NAIMA) अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधन (New EV) का लागि आधार दर + ०.५% (Base Rate +0.5% बाट सुरु) को विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ। वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभी कर्जा योजना सुरु गरेको हो।
अत्यन्त सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो सीमित अवधिको कर्जा सुविधा नयाँ इभी खरीदकर्ताहरूका लागि उपलब्ध छ। इच्छुक ग्राहकहरूले एक्सपोमा रहेको बैंकको स्टल नं ०५ वा देशभर रहेका एनएमबि बैंकका शाखाहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नुहुनेछ।
एनएमबि बैंकले हाल देशरी १९८ शाखाहरू, १३६ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
For More: NMB Bank EV loan

