एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न

NMB Bank Concludes 28 th AGM
NMB Bank Concludes 28 th AGM

२६ पुष, काठमाडौं ।

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा यही मिति २०८० पौष २६ गते आज बिहिबार राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम बमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन् ।

यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको समेत सभामा जानकारी गराईएको थियो ।

बैंकको २०८० असारसम्ममा खुद नाफा ३ अर्ब २२ करोड रूपैयाँ, निक्षेप २१३.०४ अर्ब रूपैयाँ र कर्जा १९७.४७ अर्ब रूपैयाँ रहेको छ । बैंककाे हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here