१५ पुष, काठमाडौं ।
सुर्खेतमा रही सूचना सञ्चार तथा प्रविधि क्षेत्रमा काम गर्दै आइरहेको आई.सी.टी क्लब सुर्खेतको तेस्रो साधारण सभा सम्पन्न भएको छ , उक्त सभाबाट जनक बुढा अध्यक्ष पदमा निर्बाचित भएका छन ।
सूचना प्रविधि सम्बन्धि अन्तरक्रिया तथा तेस्रो साधारण सभाको अध्यक्षता नि. अध्यक्ष टीका प्रसाद ढकालले गरेका हुन् । उनले सस्थाले आई.टी. सम्बन्धि गतिविधि गरिरहेकोमा नयाँ कार्यसमितिले यस्ता गतिविधिलाई थप बढवा दिने बिस्वास ब्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा सस्थापक अध्यक्ष सुवास बि. सी. ले आई.सी.टी. क्लब सुर्खेतले आई. टि. गतिविधिलाई थप शसक्त बनाउदै शिक्षामा प्रविधिको नबिनतम् प्रयोग गर्न क्लबले थप भुमिका खेल्नु पर्ने र सस्थाको गतिविधिमा प्रत्यक्ष रुपमा सधै सहयोग रहने बताए ।
नव निर्बाचित अध्यक्ष बुढाले सस्थाले आई.टि क्षेत्रको विकास र बिस्तारको लागि सधै अग्रणी भूमिका खेल्ने र आफ्नो सम्पुर्ण टिम त्यसको लागि प्रतिबद्द रहेको बताए ।
सस्थाको तेस्रो बार्षिक साधारण सभाबाट अध्यक्षमा जनक बुढा, उपाध्यक्षमा शकर चन्द ठकुरी, महासचिब मनिचन्द्र अधिकारी, सचिब खडक बि सी, कोषाध्यक्ष रेखा बुढा, सदस्यहरु सगिता शाही र चन्द्रा वलि निर्बाचित भएका छन ।