एनआइसी एसियाको सुपर चमत्कारिक बचत योजना

पुस २१ २०७६, काठमाडौं ।

एनआइसी एशिया बैंकले २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषता युक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ। यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलता पछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा ल्याएको जनाएको छ।

बैंकले सुपर चमत्कारिक अन्तर्गत नारी, जेष्ठ नागरिक, बाबु नानी, विद्यार्थी, स्वरोजगार, वैदेशिक रोजगार, उद्यमशील, तलब बचत खाता ल्याएको छ।

खाता खोल्ने एक करोड ३१ लाख ५० हजार सम्मको बिमा सुविधा प्राप्त गर्न सक्नेछन्। जस अन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटना बाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोड सम्मको बिमा सुविधा उपलब्ध हुने छ।

दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि ३० लाख सम्मको बिमा सुविधा, परिवारका लागि १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधा समेत प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। बैंकले कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ्ग सुविधा दिने छ भने निःशुल्क डिम्याट खाता, ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा पनि पाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here