नबिल र आइसिआइसिआई बैंकबीच सम्झौता

पुस २१ २०७६, काठमाडौं ।

नबिल बैंक र भारतीय बैंक आइसिआइसिआई बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र आईसि आईसिआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए।

आइतबार नबिल बैंकको केन्द्रीय कार्यालयमा भएको सम्झौताले दुई संस्थाबीच सहकार्य तथा व्यापार, रेमिट्यान्स, ट्रेजरी लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेम वर्क सिर्जना गर्ने विश्वास गरिएको छ।

सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्यका साथ काम गर्ने बताएका छन्।

नबिल बैंकका सिइओ शाहले यस सम्झौताले नबिल बैंक र आइसिआइसिआई बैंकबीच नलेज सेयरिङ र नेटवर्क सञ्जाललाई थप बलियो बनाउन प्लेटफर्म सिर्जना गर्नेछ, खासगरी भारतसँग व्यापार गरिरहेका हाम्रा ग्राहकलाई यसबाट लाभ मिल्ने विश्वास व्यक्त गरे।

साझेदारीका सम्बन्धमा सिगटियाले भारतसँग नेपालको व्यापार तथा लगानी करिडोर बलियो र बढ्दो क्रममा रहेको बताउँदै नेपाली ग्राहकलाई आइसीआइसीआई बैंकको उपस्थिती भएका भारत तथा अन्य मुलुकका स्थानहरुसम्म जोड्न सक्रिय रुपमा काम गरेको बताइन् ।

देशभर नबिल बैंकको ९७ शाखा कार्यालय र १ सय ४३ एटिएम काउन्टरहरु छन्।आईसिआईसिआई बैंकले भारतसहित विश्व बजारमा बैंकिङ तथा फ्रान्चाइज विस्तार गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here